arrow

राष्ट्रिय फुटसल लिग : शंखमूल र ह्वाइटहर्ष विजयी

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
Footsal-new-10-a.jpeg

काठमाडौं । रेडबुल राष्ट्रिय फुटसल लिगमा शंखमूल र ह्वाइटहर्ष फुटसल विजयी भएका छन् । पाहुना टिम शंखमूलले सामाखुसी फुटसलविरुद्ध ४–३ गोलको रोमाञ्चक जित निकाल्ने क्रममा दिनेश राजबंसीले २ गोल गरे ।

अनिस श्रेष्ठ र निर्मल गुरुङले १–१ गोल थपे । गोल रक्षक भूमिका निभाएका अनिष श्रेष्ठले म्यानअफ द म्याच भए । सामाखुसीका लागि सुजन महर्जन, श्याम नेपाली र देबचन थापाले १–१ गोल गरे ।

समूह बी’मा १० खेलबाट २५ अंक जोड्दै शंखमूल शीर्ष स्थानमा छ । १० खेलबाट १६ अंक बनाएको सामाखुसी चौथो स्थानमा छ । दोश्रो स्थानमा रहेको ताहाचल फुटसलको ९ खेलबाट १९ अंक छ । यस्तै, घरेलु मैदानमा ह्वाइटहर्षले चउर रिक्रियसन सेन्टरमाथी ८–३ गोल अन्तरको फराकिलो जित निकाल्र्यो ।

विजयी टोलीका लागि मन्जिल महर्जनले ३ गोल गर्दा म्यानअफ द म्याच मनोज प्रजापतिले २ गोल गरे । सुजित प्रजापति, रवि सिलवाल र नितेस महर्जनले समान १–१ गोल थपे । चउरका रोचक गुरुङ ले २ गोल गर्दा सुजित गुरुङले १ गोल गरे ।

ह्वाइटहर्ष १० खेलबाट १९ अंक बनाउदै दोश्रो स्थानमा उक्लिएको छ । समान १९ अंक भएपनि बानेश्वर तेश्रो स्थानमा छ । समूह ए’मा ९ खेलबाट २१ खेलको किकअफ पहिलो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ