arrow

हाँस्य कलाकार आरपी भट्टराई उर्फ 'लाजालाम'को निधन

logo
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
rp-bhattarai.jpeg
काठमाडौं। नेपाली कलाक्षेत्रका हाँस्य कलाकार एवं गायक आरपी भट्ट्राईको बिराटनगरमा निधन भएको छ। बिराटनगरमा आफन्तको घरमा रहेका भट्टराई सुतैकै अवस्थामा बिहान मृत भेटिएका थिए। 
 
उच्च रक्तचाप र चिनी रोगका बिरामी भट्टराई आफ्नो मोटो शरिरका कारणले चर्चित थिए। उनी दिपकराज गिरीद्वारा निर्देशित हाँस्य टेलिश्रृखंला 'तितो सत्य' बाट 'लाजालाम' भनेर चिनिइका थिए। उनले आफ्नै स्वरमा गिती एल्बम पनि निकालेका थिए। 
 
अभिनय र गायन क्षेत्रमा स्थापित हुनेक्रममा रहेका भट्टराईको ४२ बर्षको उमेरमा निधन भएको हो। उनका श्रीमती र दुई छोरा छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ