राजस्थान । बलिउडका ‘मिस्टर पर्फेक्सनिष्ट’ आमिर खानले रीना रोय आफ्नी पाँचौं प्रेमिका भएको खुलासा गरेका छन् । राजस्थानमा भारतीय दैनिक पत्रिका भास्करको २० औं वर्षगाँठको अवसरमा भएको कार्यक्रममा उनले सो खुलासा गरेका हुन् ।
कोरियोग्राफर फराह खानसंगको कुराकानीमा आमिरले ११ वर्षको उमेरमै आफूले एक जना केटीलाई मन पराएको खुलासा गरे ।
उनले भने, ‘म ११ वर्षको थिएँ । म दैनिक उनीसंग भेट हुन्थें । उनी मेरै उमेरकी थिइन् । यश चोपडाको चलचित्र आएको थियो ‘कभी–कभी’ । मैले ‘कभी–कभी मेरे दिल मे ख्याल आता है....’ गुनगुनाउँथें । तर उनीसंग कुरा गर्ने मेरो हिम्मत थिएन । प्रेम गर्छु भनेर भन्नै सकिन । म डरपोक थिएँ ।’
आमिरले भनेका छन्, ‘मैले तीन पटक प्रेम गरें । तीनै जनाले मलाई अस्वीकार गरे । चौथो पटक सफलता मिल्यो । तर चौथीले छिट्टै छाडेर गइन्ु । पाँचौं रीना मिलिन् उनी पनि छाडेर जान्छिन् कि भनेर पहिल्यै विवाह गरें ।’
आमिरले आफू शाहरुख खान र सलमान खानजस्तै स्टारडम नभएको पनि बताएका छन् ।
सामान्यतया आमिर खुलेर कुरा गर्दैनन् । तर यसपटक भने उनले आफ्ना प्रशंसकलाई नै अचम्ममा पारेका छन् ।
उनको आगामी चलचित्र दंगल छिट्टै आउँदैछ ।