- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्तारुढ सदलहरुले संसदको कार्यसूचीमा रहेको संविधान संशोधन विधेयक सहमति नभइ अघि नबढाउने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकमा प्रमुख तीन दलको बैठकमा सहमतिमै अघि बढ्ने समझदारी भएको छ ।
सत्ताधारी माओवादी केन्द्र र कांग्रेसले सोमबारकै संसद बैठकमा संशोधन विधेयक टेबल गर्ने तयारी गरेका थिए । यद्यपि, प्रमुख विपक्षी एमालेसँग सहमतिका लागि छलफल भइरहेकाले विधेयक बलपूर्वक टेबल नगर्ने बैठकमा सहभागी माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेता श्रेष्ठले भने, ‘विधेयक अगाडि नबढाउने भनेको होइन । मुठभेडको स्थितिमा अघि नबढ्ने भनिएको हो । प्रयास जारी छ । सहमति नजुटे तत्काल अघि बढ्दैन ।’ तनावको स्थिति सृजना नहोस् भन्ने निष्कर्षमा हामी पुगेका छौं ।
सरकारले प्रस्तावित ७ प्रदेशको सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक संसदको कार्यसूचीमा राखिसकेको छ । एमालेसहित विपक्षी ९ दलले दर्ता भएकै भोलिपल्ट देखि विरोध गरेकामा अहिले सम्म ९ पटक संसद बैठक अवरुद्ध पारिसकेका छन् ।
सत्ताधारी दुई ठूला दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संशोधन विधेयक अघि बढाउने सहमति भएपछि संशोधन अघि बढाउने तयारी थियो ।