arrow

रोल्पा महोत्सव हुँदै

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ पुष १९ मंगलबार
rolpa-mohatsab.jpeg
 लिबाङ (रोल्पा) । रोल्पा जिल्लाको ब्यवसायिक कृषि, उद्योग, संस्कृति र पर्यटन क्षेत्रको विकास र प्रबद्र्धन गर्ने उद्येश्यले जिल्लामा रोल्पा महोत्सव २०७३ संचालन हुने भएको छ । रोल्पा उद्योग बाणिज्य संघको आयोजना तथा जिल्ला विकास समिति रोल्पा र लिबाङ नगरपालिकाको सहयोगमा २०७३ फागुन ६ गतेदेखि १२ गते सम्म जिल्ला सदरमुकाम लिबाङमा रोल्पा महोत्सव २०७३ को आयोजना गर्न लागिएको  आयोजकले जनाएको छ । 
 
मंगलबार महोत्सवको पूर्व संध्यामा एक समारोहका वीच स्थानीय विकास अधिकारी सुशील बैद्यले रिवन काटेर सचिवालयको उद्घाटन गर्नुभएको छ महोत्सवका बारेमा जानकारी गराउने उद्देश्यले आजै पत्रकार भेटघाट कार्यक्रम समेत सम्पन्न भएको छ । 
 
यसैवीच स्थानीय विकास अधिकारी बैद्यले महोत्सवले कृषि, उद्योग, संस्कृति र पर्यटन क्षेत्रको विकासमा थप योगदान पुर्‍याउने विश्वास ब्यक्त गर्दै निकट भविष्यमा जिल्लाका पर्यटकीय स्थलहरु जलजला र रुन्टीमा समेत पर्यटन महोत्सव गर्ने सोंच बनाएको जानकारी दिए ।
 
यस्तै जिल्ला विकास समिति रोल्पाका पर्यटन फोकल पर्सन दिपक डीसीले महोत्सवले जिल्लाको आर्थिक, सामाजिक , धार्मिक प्राकृतिक तथा तथा सांस्कृतिक विकासलाई गति दिने कुरामा जोड दिए  ।
 
रोल्पा उद्योग बाण्ज्यि संघका अध्यक्ष बालकृष्ण सुवेदीले जिल्लामा रहेका साना तथा लघु उद्यमीहरु तथा पर्यटन क्षेत्रको विकासका लागि फरक तरिकाले महोत्सवको आयोजनागर्न लागिएको जानकारी दिए । उनका अनुसार महोत्सवले जिल्लामा उत्पादित बस्तुहरुको बजारीकरण समेत हुनेछ । महोत्सव सभ्य र भब्य रुपले सफलता पूर्वक सम्पन्न गर्नका लागि आजै विभिन्न २२ वटा उपसमितिहरु समेत गठन गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ