अन्टारटिका। बिश्वको सातौ ठुलो महादेशको सातौ ठुलो सर्बोच सिखर अन्टारटिकाको भिन्सोंन मसिफमा क्रितिमानी बिस्व पर्वतारोहि संजय पण्डितले नेपालको झन्डा फर्फराएका छन्।
नेपाली झन्डा संगै पण्डितले भादगाउले टोपी शिरमा लगाएर पनि पर्दसन गरेका छन्। उनले यहि जनवरी ४ का दिन भिन्सोंन मसिफमा पाइला राख्न सफल भएका हुन्।
पण्डितले हिजो सोमबार मात्र अन्टारटिकाको अर्को चरचित पर्बत माउन्ट रजडम्यान आरोहण गरेका छन्। पण्डित सहितको टोलीले द्क्षिण मोहडा बाट सफलता पुर्बक आरोहण गरेका थिए। उनि करिब ५ मिनेट माउन्ट रजडम्यान अर्ध नंगिएर नेपाली राष्ट्रिय झन्डा फरफराउन सफल भएका छन। पण्डितले उक्त हिमाल आरोहण गर्ने नेपालकै पहिलो पर्वतारोही बनेका छन्।
पण्डितलाई अमेरिकी बिस्वचर्चित आरोही १० पटक सगरमाथा आरोहण गर्न सफल वर्न तेजासले गाइड गरेका थिए भने क्यानाडाका एलन किलर आरोही सहयात्री रहेका थिए। पण्डितले मौशम निकै प्रतिकुल हुदा पनि आफुले सफल आरोहण गरेको हुनाले अन्टारटिका अभियानमा सहयोग गर्ने सबैलाई सिखरबाट धन्यबाद दिएका छन्।