मकवानपुर । नेपाल चलचित्र संघको ४४औँ साधारणसभाले प्रदीपकुमार उदयलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ । मकवानपुरको हेटौँडामा सम्पन्न साधारणसभाले उदयलाई चयन गरेको हो ।
फिल्म हल सञ्चालकहरूको साझा संस्थाका रूपमा रहेको चलचित्र संघको अध्यक्षमा राप्रपा केन्द्रीय सदस्यसमेत रहेका उदयकोमात्रै उम्मेदवारी परेको थियो ।
संघको नयाँ कार्यसमितिका लागि अशोक शर्मा, वीरेन्द्रनारायण श्रेष्ठ, मधुसूदन प्रधान, नरेन्द्र महर्जन, मदनमान बज्राचार्य, कपिल द्वालगायतका हलसञ्चालक चयन भएका छन् । तीमध्येबाट संघका पदाधिकारी चयन हुनेछन् ।