arrow

महाधिवेशनको दुई दिन अगावै कमल थापा राप्रपाको निर्विरोध अध्यक्ष

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा महाधिवेशन सुरु नहुँदै अध्यक्षको टुंगो लागेको छ। दुई राप्रपा एक भएपछि कार्यकारी अध्यक्ष भएका कमल थापा एकता महाधिवेशनको दुईदिन अगावै सर्वसम्मत अध्यक्ष भएका हुन् ।

थापालाई वैधानिकरुपमा सर्वसम्मत निर्वाचित घोषणा गर्न बाँकी रहेपनि उनीसँग प्रतिस्पर्धामा आउन कस्सिएका प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षको उम्मेद्वारी फिर्ता लिने सहमति गरेपछि थापा निर्विरोध भएका हुन् । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा राप्रपा नै फूटाएर राप्रपा नेपाल गठन गरेका थापा अन्तत एकीकृत भएको उही पुरानो पार्टीको अध्यक्ष हुने भएका छन् । दुइपार्टी एक हुँदा पनि थापाले अध्यक्षनै लिएका थिए ।

आउँदो ६ गते देखि सुरु हुने महाधिवेशन पार्टीको नीति तथा निर्देशन समिति गठन गर्ने र त्यसको संयोजक प्रकाशचन्द्र लोहनीले लिने सहमतिपछि अध्यक्ष पदमा थापा निर्विरोध हुने भएका हुन्। अध्यक्षमा कमल थापालार्इ निर्विरोध गर्ने भन्दै जारी विज्ञप्तिमा अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा, लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ