- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवा खोला जलविधुत परियोजना ‘ए’बाट उत्पादित १०.६ मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । यो आयोजनाबाट उत्पादन भएको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिँदा ३५ सय किलोवाट विजुली मुलुकमा उत्पादन हुने उर्जा मन्त्रालयले जनाएको छ ।
यअअघि कावेली कोरिडोर प्रशारण लाइन अन्र्तगत फिदिमको थापाटारमा रहेको सवस्टेशनको उद्घाटन पश्चात ४.३ मेगावाट विधुत केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको थियो । यो आयोजनाबाट १४.९ मेगावाट विधुत उत्पादन भएको छ । गत ६७ कार्तिकबाट निर्माण शुरु भएको आयोजना २०७३ साल मंसिरमा सम्पन्न भई उत्पादन परिक्षण भएको थियो ।
पाँचथर पावर कम्पनीले जिम्मा लिएको आयोजनाको निर्माण सकिँदा २ अर्ब ६० करोड रुपैँया खर्च लागेको कम्पनीका प्रबन्ध निर्देशक पुष्पज्योति ढुंगानाले जानकारी दिए । उनले भने, ‘सुरुवातमा आयोजना सकिँदा २ अर्व २५ करोड रुपैँया रकम लाग्ने अनुमान गरिएपनि पछि नाकावन्दी, भूकम्प, बन्द हड्तालका कारण लागत बढ्न पुगेको हो ।’ यस्तै उनले प्रक्रियामा रहेको हुँदा चाँडै पब्लिक शेयर समेत निष्काशन हुने जानकारी दिए ।