- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पर्वत । एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन हुनेमा अझै शंका रहेको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता नेपालले सत्ता साझेदार दल माओवादी केन्द्र र काँग्रेस निर्वाचनप्रति गम्भीर नभएकाले अझै शंका रहेको बताएका हुन् ।
नेता नेपालले भने, ‘सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर छैनन् । त्यही कारण चुनाव भइहाल्छ भनेर अझै ढुक्क हुन सकिने वातावरण बनेको छैन ।’ नेता नेपालले विभिन्न कारणले वैशाख ३१मा स्थानीय तहको चुनाव हुनेमा शंका रहेको बताए ।
मधेस केन्द्रीत दलको विरोधका कारण पनि निर्वाचनमा असर पर्ने नेता नेपालको भनाई छ । उनले भनेका छन्, ‘सरकारको सुस्त गतिको तयारीका कारण चुनाव हुनेमा म विश्वस्त हुन सकेको छैन ।’ सत्ताधारीले संसदमा अघि बढाएको संविधान संशोधन प्रस्तावका पक्षमा एमाले छैन र हुनै सक्दैन ।