arrow

तेह्रथुम स्ववियु निर्वाचन : जिरिखिम्ती र छथर बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

अन्य चार क्याम्पसमा स्थगित

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ फागुन १८ बुधबार
FSU.jpeg
तेह्रथुम । तेह्रथुमको जिरिखिम्ती र छथर बहुमुखी क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघले जितेको छ । एक त्रिवि आंङ्गिक क्याम्पससहित छ वटा क्याम्पस रहेको जिल्लाका तेह्रथुम बहुमुखी, म्याङलुङ्ग बहुमुखी, बसन्त बहुमुखी र ह्यात्रुङ झरना क्याम्पसमा भने विद्यार्थी संगठनको विवादका कारण निर्वाचन हुन सकेनँ । 
 
पुर्वनिर्धारित कार्यतालिका बमोजिम नै निर्वाचन भएको जिरिखिम्ती बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको सेटले नै विजयी हासिल गरेको सेटले नै विजयी हासिल गरेको छ । निर्वाचनबाट सभापतिमा रोमन गौतम, सचिवमा रविन लिम्बु र कोषाध्यक्षमा टिका सिंजागु तथा सदस्यहरुमा सीता कार्की, फुलकुमारी लिम्बु र चन्द्र बुढाथोकी बहुमतले निर्वाचित भएको क्याम्पस प्रमुख गोविन्द सोदेम्बाले जानकारी दिए ।
 
उता हमरजुङमा रहेको छथर बहुमुखी क्याम्पसमा पनि नेपाल विद्यार्थी संघबाट सभापतिमा पवित्रा पौडेल, सचिवमा फुलमाया लिम्बु र कोषाध्यक्षमा कोपिला माझी तथा सदस्यहरुमा रस्मिता कटुवाल र श्यामबहादुर लिम्बु विजयी भएका छन् ।
 
त्रिवि आंगिक क्याम्पस तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडा भने गएराति अनेरास्ववियुले तालाबन्दी गरेपछि निर्वाचन हुन सकेनँ । लालीगुराँस नगरपालिकाको बसन्त बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेपछि निर्वाचन स्थगित गरिएको क्याम्पसहरुले जनाएका छन् । 
 
तर हार सुनिश्चित भएपछि क्याम्पसमा तालाबन्दी गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघले भने दिनभर क्याम्पसहरुमा प्रदर्शन गरेको थियो । नेविसंघले आफुहरुको स्पष्ट बहुमत रहेको भन्दै कोण सभा गरेर आफ्नो प्यानल विजयी भएको दाबी समेत गरेका छन् । 
 
सदरमुकाममै रहेको म्याङलुङ्ग क्याम्पसमा भने कक्षा–११ र १२ का विद्यार्थीले मतदान गर्न पाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेपछि क्याम्पसले सहमतिमा मात्रै स्ववियु गठन गर्न सकिने बताएको छ । ह्यात्रुङ झरना क्याम्पसमा पनि सहमतिको प्रयासकालागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत खगेन्द खत्रीले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ