भारतीय प्रहरीलाई यसरी धपाए नेपालीले, भारतीय बन्दूक विरुद्ध गुलेली हाबी (भिडियो सहित)
र्इश्वरदत्त बडू,
प्रकाशित २०७३ फागुन २६ बिहिबार
10.9k
Shares
कञ्चनपुर। बन्दूक बोकेर नेपालीमाथि आक्रमण गर्न आएका भारतीयहरुलाई कञ्चनपुरका स्थानीयले गुलेलीले हानेर भगाएका छन् । नेपालीमाथि हतियार सहित आईलागेका एसएसबीमाथि स्थानीयले ढुंगामुढा गरेपछि एसएसबी भाग्न बाध्य भएको थियो । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा कलभर्ट निर्माणको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ५ नेपाली प्रहरीलाई समेत जबरजस्ती कुटपिट गर्न थालेपछि स्थानीयले समेत ढुंगामुढा गरेका थिए ।
भिडियोमा पनि देख्न सकिन्छ कि आधा दर्जन भन्दा बढी भारतीय सीमा सुरक्षा बल एसएसबीसँग कुरा गर्नको लागि नेपालका एक्ला सशस्त्र प्रहरी गएका छन् । उनले घटनाको बारेमा बुझ्न थाल्दा उनीहरुले एक्कासी उनीमाथि दूव्र्यवहार गर्न थालेपछि स्थानीय भारतीय माथि जाईलागेका थिए ।
एसएसबीको भारतीय बजार बसैया जाने बाटो नजिक आनन्द बजारमा निर्माण भईरहेको कलभर्टको विषयलाई लिएर गोली चलाउँदा पुनर्वास नगरपालिका माछापुच्छेंं« टोलका गोबिन्द गौतमको मुत्यु भएको छ । स्थानीयका अनुसार गौतमको पेटमा गोली लाग्दा उनको धनगढी स्थित सिपी अस्पतालमा उपचारकै क्रममा मुत्यु भएको छ ।
एसएसबीले कलभर्ड सीमा क्षेत्रमा भएको भन्दै पटक पटक अवरोध पु¥याउदै आएको थियो । बुधबार राति एसएसबीले उक्त क्षेत्रका स्थानीयलाई कुटपिट गर्ने धम्याएका थिए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक प्रकास बहादुर चन्दले नेपालीहरुलाई संयमित हुन आग्रह गर्दा पनि स्थानीयहरु आक्र्रोसित हुँदै भारतीय एसएसबी बिरुद्धमा नाराबाजी गरिरहेका छन् ।
स्थानीयहरुले उक्त सिमा क्षेत्रका सशस्त्र प्रहरीको सिमा सुरक्षा क्याम्पको माग राख्दै आएपनि सिमा सुरक्षा बल नराखेकै कारण पटक पटक सिमा क्षेत्रका समस्या उत्पन्न हुने गरेको छ । घटना थप दोहोरिन नदिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनाल लगायतको टोली घटनास्थल तिर गएको छ ।
घटना स्थलमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएका छन् । प्रमुख जिल्ला अधिकारीले तथा प्रहरी उपरीवेक्षकको टोलीले भारतीय एसएसबी प्रमुख आर के मोराल सग वार्ता गर्ने प्रयास गरीरहेको गर्ने प्रमुख जिल्ला अधिकारी खनाल बताएका छन् ।
उता, कञ्चनपुरमा भएको भारतीय प्रहरीको ज्यादतीलाई सिंहदरबारले भने हल्का रुपमा लिएको पाईएको छ । एउटा देशको सीमा सुरक्षामा खटिएको प्रहरीमाथि अर्को देशको पैहरीले आएर निर्घात् कूटपीट गर्दा पनि नेपालको परराष्ट्र मन्त्रालयले भने यसलाई गम्भीर रुपमा लिन सकेको पाईएको छैन । उता, स्थानीयले भारतीयलाई भगाईरहँदा यता नेपाल सरकारले भने भारतीयसँग कुनैपनि संवाद समेत गर्न सकेको छैन ।
सुरुमा आफू चर्काचर्का कुरा गर्दै आएका भारतीयहरु नेपालीले ढुंगामुढा गरेपछि भने काँधमा बन्दूक राखेर कुलेलाम ठोकेका थिए । विस्तृतमा भिडियोमा हेर्नुहोस् भारतीय माथि स्थानीयले देखाएको बहादूरी ।