काठमाडौं। नेपाल बिद्यार्थी सघंका पुर्व केन्द्रीय सदस्य रवीन्द्र शाहको हत्याको बिरोधमा नेबिसघं केन्द्रीय समितीले बिरोधका कार्यक्रम सार्वजनीक गरेको छ।
बुधबार नेबिसघंको केन्दीय समितीको आकस्मिक बैठक बसी ३ दिने बिरोधका कार्यक्रम घोषणा गरेको हो। नेबिसघले घोषणा गरेको कार्यक्रम अनुसार बुधबार दिनको २ बजे काठमान्डौको त्रिचन्द्र क्याम्पस अगाडी बिरोध प्रदर्शन गर्ने र देशभरका सवै जिल्लाका क्याम्पसमा बिरोध प्रदर्सन गर्ने छ।
बिहीबार देशभरका सवै क्याम्पसमा बिहान ९ बजे देखी १० बजे सम्म प्रदर्शन गर्ने र सुक्रवार ७५ वटै जिल्लाका प्रशासन कार्यलयमा प्रदर्शन सहित ज्ञापन पत्र बुजाउने कार्यक्रम रहेको नेबिसघंले जनाएको छ। साथै सघंले २४ घन्टा भित्र घटनाको यथार्थ सार्वजनिक गर्न समेत माग गरेको छ।
शाहलाई मंगलवार साँझ नचिनेका मानिसहरुको एक समुहले ढुङगाले किचेर ज्यान लिएका पछी संघले त्यसको बिरोधका कार्यक्रम सार्वजनिक गरेको हो
शाह नेपाली काँग्रेस जाजरकोटका नेता समेत हुन्। पाँचतारा यूवा संरक्षण मञ्चका नामक गैरसरकारी संस्थाका अध्यक्ष शाही जाजरकोटमा यूवाहरुमाझ लोकप्रिय रहेका थिए । एक सय भन्दा वढी कर्मचारी भएको संस्थाका अध्यक्ष रहेका उनीमाथि केहि महिना पहिले विप्लव माओवादीका कार्यकर्ताले चन्दा माग्ने क्रममा धम्क्याएका थिए। चन्दा दिन अस्विकार गरेका शाहलाई त्यसबेलामा माओवादी कार्यकर्ताहरुले धम्क्याएर गएका थिए ।
मंगलवार सदरमुकाममा अचानक शाहको हत्या भएपछि उनको हत्यामा माओवादीको हात रहेको आशंका गरिएको छ ।