arrow

तेह्रथुमको म्याङलुङ नगरपालिकामा तीनदलबाट मेयरका प्रत्यासीहरु

logo
सुवास निराैला,
प्रकाशित २०७३ चैत १८ शुक्रबार
three-party-news.png
काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुमा निर्वाचनमा उम्मेदवार कसलाई बनाउने भन्ने बिषयमा चर्चापरिचर्चा सुरु हुन थालेको छ। स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगमा दर्ता भएका पार्टीबाट उम्मेदवार बन्ने र पार्टीको अस्तित्वमा उम्मेदवारी दिन नपाएकाहरु पनि स्वतन्त्र उम्मेदवारको रुपमा कसलार्इ उम्मेदवार बनाउन भन्नेमा छलफलमा  उत्रिन थालेका छन् । 
 
बैशाख ३१ गते देशका ७४४ वटा स्थानीय तहमा निर्वाचन गराउने तयारीमा सरकार जुटेसँगै कुन पार्टीबाट कसले टिकट पाउने हो भन्ने बिषयलाई प्रमुखताका साथ हेरिन थालिएको छ। तेह्रथुम जिल्लाका २ वटा नगरपालिका सहित छ वटै स्थानीय तहको प्रमुखमा कुन पार्टीबाट कसले टिकट ल्याउला भन्ने बिषयमा अनेकौ चर्चापरिचर्चा सुरु भएका छन्।
 
जिल्ला सदरमुकाम समेत रहेको म्याङलुङ नगरपालिकामा स्थानीय तहको प्रमुखको लागि त्रिपक्षीय प्रतिस्पर्दा हुने अड्कल सुरु भएको छ। आफ्नो पार्टीलाई जिताउन स्थानीय स्तरमा नाम चलेका व्यक्तिहरुलाई चुनावी मैदानमा पठाउने तयारी भइरहेको बुझिएको छ। म्याङलुङ नगरपालिकाको मेयरको लागी नेपाली काँग्रेसबाट मेयरको लागि ३ जनाको नाम चर्चामा छ । यसरी काँग्रेसबाट नाम चर्चामा आउनेमा कमल सुब्बा, प्रेम लिम्बु र अर्जुन तुम्बाम्फे रहेका छन् । 
 
त्यस्तै एमालेबाट पनि ३ जनाको नाम चर्चामा रहेको छ । यसरी चर्चामा आउनेमा संजय तुम्बाम्फे, जनबहादुर खत्री र गणेश सोदेम्वा रहेका छन् । म्याङलुङमा मा‌ओवादीबाट भने पुन्य सम्बाम्फे र काजी तुम्बाम्फेको नाम चर्चामा छ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ