- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैङ्ककमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणबाट सबै प्रतिवेदन राम्रो आएको बताइएको छ ।
ओली यही वैशाख ७ गते स्वदेश फर्कने कार्यक्रम रहेकाे निजी सचिव अनिश दाहालले बताए । पूर्वप्रधानमन्त्री समेत रहेका ओली गत चैत २६ गते त्यसतर्फ गएका थिए । ओलीका साथमा पत्नी राधिका र निजी चिकित्सक डा. दिव्या सिंह छन् ।
अध्यक्ष ओली विदेश रहेका कारण स्थानीय निर्वाचनमा पार्टीको तयारीलगायत विषयमा छलफल गर्न यही वैशाख ३ गतेका लागि तोकिएको एमाले केन्द्रीय कमिटीको आठौँ पूर्ण बैठक स्थगन भएको थियो । रासस