arrow

दुरदराजका आवश्यकता पहिचान र पूर्तिको अगुवाई काँग्रेसले गर्नुपर्छ : देउवा

गाउँमा भएका आवश्यकता काठमाडौंमा बसेर थाहा हुँदैन

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
deuba_ghosana.jpg

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले गाउँपालिका र नगरपालिकामा बस्ने नागरिकहरुका समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मा स्थानीय नेताकै भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको चुनावी घोषणापत्र जारी गर्दै सभापति देउवाले दुरदराजमा के–के आवश्यकता छन् त्यो स्थानीय तहकै नेताले थाहा पाउने भन्दै त्यसको अगुवाई काँग्रेसले गर्नुपर्ने आवश्यकता औँल्याए । गाउँमा भएका आवश्यकता काठमाडौंमा बसेर थाहा हुँदैन, देउवाले भने ।

देउवाले भने, ‘आवश्यकता पनि स्थानीय नेताले पहिचान गर्ने र पूर्तिका लागि पहल पनि स्थानीय नेताले नै लिनु पर्दछ । जनताकाे अावश्यकता के हाे ? जनताले नै पहिचान गर्नु पर्दछ। ’ के आवश्यकता छन्, त्यसको प्रोजल तयार पार्नुपर्छ ।

घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले देशभित्रकै पुँजी परिचालन र देशबाहिबाट आउने सहयोगले मुलुकलाई आर्थिक समृद्धिमा लैजाने गरी घोषणापत्र ल्याएको बताए ।

उनले भने, ‘सबै राजनीतिक दल एक ठाउँमा आउने वातावरण बनिरहेकाले काँग्रेसको घोषणापत्र आर्थिक समृद्धिको दस्तावेज बन्ने विश्वास छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ