arrow

जबर्जस्ती करणी गर्ने व्यक्ति बालिका उठाएर फरार

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ जेठ ७ आइतबार
choree-balatkar.jpeg.jpeg

पुनर्बास ।  कञ्चनपुरको बेलौरीमा ११ वर्षीया बालिकालाई करणी गर्दै आएका एक व्यक्तिविरुद्ध ईलाका प्रहरी कार्यालय बेलौरीमा पीडित पक्षले उजुरी दिएको ४ दिन बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीले सक्रियता नदेखाएको भन्दै मानवअधिकारवादी संगठनहरुले ध्यानाकर्षण गराएका छन् ।

लामो समय देखि बालिकाको यौन शोषण गर्दै आएको बेलौरी नगरपालिकाका ४१ वर्षीय वयस्कले ११ वर्षीया बालिकालाई  लिएर शुक्रबार फरार भएको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

प्रहरीका अनुसार विगत ६–७ महिना देखि नै बालिकालाई करणी गर्दै आएका रानाको बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको छ । बालिका गर्भवती भएको थाहा पाएपछि उनका आफन्तले प्रहरीमा राना विरुद्ध उजुरी दिएका थिए ।

ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कृष्णानन्द भट्टका अनुसार  जेठ २ गते पीडित बालिकाकी माईजुले रानाका विरुद्ध उजुरी दिएकी थिइन् ।

बालिकाले पेट दुख्यो भनेपछि चेकजाँच गर्दा उनको पेटमा गर्भ रहेको थाहा पाएपछि आएको उजुरीका आधारमा  पीडकको  खोजिमा रहेको प्रहरीले जनएको छ । राना बालिका उठाएर फरार छन् ।  रानाविरुद्ध उजुरी दर्त गरी अनुसन्धान चलिरहेका बेला शनिबार राति बालिकालाई उसैको घरबाट उठाएर फरार भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भट्टले बताए ।

बालिकाका बुबा भारतबाट दुई दिन अघि मात्रै घर पुगेपछि छोरी बेपत्ता भएकाले घटनामा अभिभावकको समेत संलग्नता रहेको हुनसक्ने प्रहरीको शंका छ । दुवै जनाको खोजी तिव्र बनाइएको प्रहरी निरीक्षक भट्टले बताए ।

कञ्चनपुरमा क्रियाशील मानव अधिकारवादी संघ संस्थाले बालिकालाई करणी गर्ने रानाकाविरुद्ध उजुरी परेको ४ दिन सम्मपनि प्रहरीले घटनाको अनुसन्धान नगरेको आफुहरुको भन्दै ध्यानार्षण भएको जनाएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालयलाई घटनाको सत्यतथ्य तथा निष्पक्ष ढङ्गले छानविन गरि दोषीलाई कानुनी कारबही गर्न माग गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ