- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ७ स्थित आङसराङ पिपलबोटेमा नेपाली काँग्रेसको बृहत्त चुनावी सभा भएको छ ।
सभामा नेपाली काँग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङले सक्षम सवल र विकासप्रेमि उम्मेदवार पाटीले छनोट गरेकाले अब हुने स्थानीय तहको निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाका साथै अन्य ७ वटै गाउँपालिकामा पार्टीले जित्ने जिकिर गरे ।
कार्यक्रमा फाल्गुनन्द गाउँपालिका अध्यक्षका उम्मेदवार अमर कुमार नेम्बाङले फाल्गुनन्द गाउँपालिकालाई स्माट भिलेज बनाउने आफनो योजना सुनाए । काँग्रेस जिल्ला सचिवद्वय रुपनारायण जवेगु, वृजहाङ आङदेम्बे, पार्टी महाधिवेशन प्रतिनिधि राजेन्द्र रिजाल, धर्मेन्द विक्रम नेम्बाङ, फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार देवीत्रा आङदेम्बे लगायतले सम्बोधन गरे ।