arrow

२०४२ सालको बमकाण्डका कमाण्डर महासेठलाई भित्र्याए प्रचण्डले

महासेठ पनि राजामाथि हमला गरिएको चर्चित बमकाण्डका एक कमाण्डर

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
maobadi.jpg

काठमाडौं । २०४२ सालमा राजामाथि हमला भएको बम काण्डका कमाण्डर  जितेन्द्र महासेठ माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष  पुष्पकमल दाहालले महासेठलाई माओवादी केन्द्रमा भित्र्याएका हुन् ।

तत्कालीन गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नेतृत्वमा २०४२ सालमा राजामाथि गरिएको बम हमलाको एक कमाण्डर महासेठ समेत थिए । बम काण्डपछि महासेठले १३ महिना लामो यातनापूर्ण हिरासत जीवन बिताउनु भएको थियो । जनवादी मोर्चाका नेतासमेत रहेका सिंहले २० वर्ष नेपाल मेडिकल कलेजको निर्देशक भएर काम गरेका थिए ।

आफू राष्ट्रिय एकता र परिवर्तनप्रतिको प्रतिवद्धताबाट प्रभावित भएर माओवादी केन्द्रमा आएको महासेठले बताए । उनले भने, ‘माओवादीले अघि सारेको राष्ट्रिय एकताको नीति नै सही छ । नेपालभित्रको जुनसुकै भूगोलमा बसेका नेपाली हुन्, तिनीहरुलाई समान आँखाले हेरेर मात्रै राष्ट्रिय एकता बलियो हुन्छ । माओवादीको यो नीतिले देशलाई एकतावद्ध गर्ने निष्कर्षसहित माओवादी केन्द्रमा आएको हुँ ।’

महासेठले राष्ट्रिय राजनीतिमा एमालेको प्रभाव लामो समय नटिक्ने बताए । उनले थपे,  ‘एमाले अहिले ठूलो पार्टीजस्तो देखिएको छ । तर, यो लामो समय टिक्दैन । भ्रामक कुरा राजनीतिमा दिगो हुँदैन ।’

अध्यक्ष दाहालले महासेठको पार्टी प्रवेशले मधेश र मधेशी बुद्धिजीवीहरुमा निकै ठूलो सन्देश जाने बताए । दाहालले भने,  ‘माओवादीले मधेश र मधेशी जनतालाई निरास पार्दैन । सिंगो देशलाई एकतावद्ध बनाएर मात्रै देशको परिवर्तन र विकासले नयाँ गति लिन सक्दछ । तपाईको माओवादी केन्द्रमा प्रवेशले मधेश, मधेशी जनता र मधेशी बुद्धिजीवीहरुमा निकै ठूलो सन्देश जानेवाला छ । ऐतिहासिक व्यक्तित्वको भावात्मक सन्देशले फेरि मधेशलाई एकतावद्ध गर्नेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ