- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की कोरीया प्रस्थान गरेका छन् । एशियाली पूर्वाधार बैंकको दोस्रो वार्षिक बैठकमा सहभागी हुनको लागि मन्त्री कार्की बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बैठकमा बैकले लिने कार्यादेशका साथै भावी रणनीतिको बारेमा समेत छलफल हुने बताईएको छ । बैंकको नीति निर्माणमा नेपालले सहभागिता जनाउनुका साथै सोबाट नेपालले बढी भन्दा बढी प्रतिफल प्राप्त गर्न सक्ने सम्भावना रहेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री कार्की चार सदस्यीय प्रतिनिधिमण्डल सहित त्यसतर्फ प्रस्तुत गरेका हुन् ।