arrow

कैलालीमा काँग्रेस अघी हुनेमा स्थानियको विश्वास

logo
देवानन्द न्यौपाने ।
प्रकाशित २०७४ असार ९ शुक्रबार
kailali-district.png

लम्की । कैलालीको जानकी गाउपालिकामा नेपाली काँग्रेसको विजय सुनिश्चत रहेको गाउँपालिकाका अध्यक्षका उम्मेदावार गंगा देवि चौधरीले बताएकी छिन्।  गाउँपालिकाका विभिन्न वडामा जनताको  भावना बुझ्न घरदैलो अभियानको क्रममा वडा नम्बर ५ अमौरा पुगेकी चौधरीले जनलहर काँग्रेसकै पक्षमा रहेको बताइन। 
 
नेपाली काँग्रेस थारु, मुश्लीम, दलितको पक्षधर पार्टी भएकै कारण थारुसमुदाय बाट आफुले गाउ पालिकाको अध्यक्षमा टिकट पाएको बताउदै थारु समुदाय नेपाली काँग्रेसकै पक्षमा रहेको बताइन। गाउँपालिकाको उपाध्यक्षका उम्मेदावार सुर्य बहादुर बटालाले जानकी गाउँपालिकाका अधिकांश वडामा नेपाली काँग्रेस अगाडि रहेको बताए । गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सहित अधिकाशं वडामा नेपाली काग्रेसलाई विजयि हुनबाट कुनै शक्तिले नरोक्ने बटालाले दावी गरे ।

गाउँपालिकाको वडा नम्बर ८ र ९ मा अन्य पार्टीको तुलनामा नेपाली काँग्रेस धेरै अगाडि रहेको नेपाली काँग्रेस चुनाव प्रचार प्रसार समिति जानकी गाउँपालिकाले जनाएको छ । 

यसै बिच गाउँपालिकाको वडा नम्बर ५ को अमौरा, अमौरी र पथरैयामा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहितको घरदैलो कार्यक्रम भएको छ ।

उता वडा नम्बर ८ को घरदैलो कार्यक्रम खैरीपुर, बनदेविपुर, भगरैयभ, हगला भगरैया, घारेपुरुवा, पछलापुरुवा लगायतका गाउँमा सम्पन्न गरीएको छ । 

घरदैलो कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्षपदका उम्मेदवार श्यामप्रसाद चौधरी, सदस्यहरु केशव शाही, जनक थापा, रुपा खत्री र उर्मा आउजी लगायतका नेता तथा कार्यक्रताहरुको उल्खनीय सहभागिता रहेको थियो ।
 
यता वडा नम्बर ९ का वडा अध्यक्ष पदका उम्मेदावार नरबहादुर कुमाल सदस्यहरु टेकबहादुर साउद, दलबहादुर खड्का, फुलकुमारी चौधरी र मथुरा विक लगायतका नेता तथा कार्यक्रताले घरदैलो अभियानलाई तिब्र बनाएका छन् ।  

नेपाली काँग्रेस लम्कीचुहामा घरदैलोमा
नेपाली काँग्रेस लम्कीचुहाले घरदैलो लगायतका कार्यक्रमलाई तिब्रता दिएको छ । नेपाली काँग्रेस लम्कीचुहा नगरपालीकाका मेयरपदका उम्मेदावार भक्तबहादुर थापा, उपमेयर पदका उम्मेदावार धनादेवी डगौरा थारु लगायतका नेता कार्यकर्ताले आज वडा नम्बर ८ मा घरदैलो गरेका छन । पछिल्लो समय नेपाली काँग्रेसप्रति लम्कीचुहाका बिभिन्न वडामा जनलहर बढदै गएको नेता कमल शाहले बताए । यसैगरी वडा अध्यक्षका उम्मेदावारले वडामा समेत घरदैलो तथा मतदातासंग भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ