- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । बलिउड अभिनेता सलमान खानको चलचित्र 'सुल्तान' लेचीनमा अवार्ड पाएको छ । चीनमा संचालन भइरहेको २० औँ शांघाई इन्टरनेशनल फिल्म फेस्टिवलमा 'सुल्तान' ले 'बेस्ट एक्शन मुभि' को अवार्ड पाएको हो ।
२० औँ शांघाई इन्टरनेशनल फिल्म फेस्टिवल १७ जुन देखि २६ जुनसम्म संचालन हुनेछ । यसका साथै चलचित्र चीनमा रिलीज हुने घोषणा गरिएको छ । चलचित्र २०१७ को अन्त्य सम्ममा चीनमा रिलीज हुनेछ ।
पछिल्लो समय बलिउड चलचित्रहरुको प्रभाव चीनमा राम्रै परेको देखिन्छ । यो भन्दा पहिले आमिर खानको 'दंगल' चीनमा रिलिज भएको थियो। चलचित्रले चीनबाट करिब १२ सय करोड कमाइ गरिसकेको छ ।