arrow

मोदी इजरायल र जर्मनी भ्रमणमा

logo
प्रकाशित २०७४ असार २० मंगलबार
modi-7591.jpeg

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको औपचारिक भ्रमणका लागि मङ्गलबार त्यसतर्फ लागेका  छन् । 

इजरायल र जर्मनीको औपचारिक भ्रमणका लागि उनी मङ्गलबार इजरायलतर्फ लागेको समाचारमा जनाइएको छ । भारतीय प्रधामन्त्रीबाट यस यहुदी राज्यको भ्रमण भएको यो नै पहिलो पटक हो । त्यसैले यस भ्रमणलाई भारतीय सञ्चारमाध्यमहरुले ऐतिहासिक भनेका छन् । भारत र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा गरिने समारोहमा प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथि बनाइएको छ । 

सो विशेष समारोहमा सहभागिताका लागि मंगलबार देखि ६ जुलाइसम्म इजरायलमा रहने हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । यस भ्रमणका क्रममा मोदीले आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँग भेटावार्ता गर्ने र सो वार्ताको क्रममा द्विपक्षीय चासोका धेरै विषयमा छलफल हुने जानकारी दिइएको छ ।     

साथै उनले इजरायली राष्ट्रपति रेउभेन रिभरिनसँग पनि प्रधानमन्त्री मोदीले शिष्टाचार भेट गर्ने  पनि समाचारमा जनाइएको छ । ‘भोलिबाट म इजरायलको ऐतिहासिक भ्रमण सुरु गर्दैछु र इजरायल भारतको एक घनिष्ठ मित्रको रुपमा रहेको छ– प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर अकाउन्टमा भनेका छन्। 

यस यहुदी मुलुकको भ्रमण गर्ने म नै पहिलो भारतीय प्रधानमन्त्री हुन पाएकोमा मैले आफूलाई सौभाग्यशाली ठानेको छु– उनले भनेका  छन् । आफू इजरायल भ्रमणको अभूतपूर्व क्षणको प्रतिक्षारत रहेको र यसबाट दुई देश र जनताको सम्बन्ध थप नजिकिने छ– प्रधानमन्त्री मोदीद्धारा सोमाबार जारी विज्ञप्तिमा जनाइएको छ । 

उनले पहिलो चरणमा इजरायलको भ्रमण गरी त्यसपछि जर्मनीतर्फ लाग्ने छन् । उनको साथमा भारतीय उच्च सरकारी अधिकारीहरुको समूह रहेको छ । जर्मनीको ह्याम्बर्गमा हुन लागेको जी–२० सम्मेलनमा भाग लिन उनी जर्मनी जान लागेको भारतीय विदेश मन्त्रालयले यस अघि नै जानकारी दिएको थियो । 

उनको भ्रमणको कार्यतालिका भन्दै भारतीय विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भ्रमणको अन्तिम गन्तब्यको रुपमा प्रधानमन्त्री मोदी जर्मनी पुग्ने ह्याम्बर्गमा आगामी जुलाई ७ देखि ८ सम्म हुने जी–२० को सम्मेलनमा सहभागी हुनुहुने बताइएको छ । रासस÷सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ