- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी ।बलिउडमा आफ्नो नीजि विमानमा यात्रा गर्ने कलाकारको संख्या बढ्दो छ ।अब बलिउड कलाकारसँग सुबिधा सम्पन्न गाडि घर हुनु नौलो कुरा होइन । किनकि बलिउड कलाकारसँग नीजि विमान हुने गरेको छ । उनिहरु आफ्नै विमानमा यात्रा गर्न रुचाउने गर्दछन् ।
बलिउडका मेगा स्टार अमिताभ बच्चन चर्चित मात्र छैनन् उनको जिवन पनि त्यतिकै विलासि रहेको छ । उनि आफ्नो नीजि विमानको प्रयोग पारिवरिक यात्राको लागि गर्ने गरेका छन् ।
शाहरुख खानसँग पनि आफ्नो नीजि विमान रहेको छ । सो विमानमा उनका सहयोगि कलाकार देखिने गरेका छन् । शाहरुख आफ्नो विमानको प्रयोग चलचित्रको सुटिङ र प्रमोशनको लागि गर्ने गरेका छन् ।
अक्षय कुमार आफ्नो मेहेनतले बलिउडमा स्थापित भए । अक्षयसँग सुविधा सम्पन्न विमान रहेको छ । उनि परिवारसँग छुट्टि मनाउन सो विमानको प्रयोग गर्छन् ।
अभिषेक बच्चन र एश्वर्यासँग पनि नीजि विमान रहेको छ । दुवैलाई सो विमानमा विवाहको समय देखिएको थियो । बच्चन परिवारमा दुई नीजि विमान रहेका छन् ।
बलिउडकी देसि गर्ल प्रियंकासँग पनि नीजि विमान रहेको छ । उनि सो विमानको प्रयोग प्राय घुम्नलाई गरेक छन् ।
बलिउड अभिनेत्री सिल्पा सेट्टिसँग पनि आफ्नै नीजि विमान रहेको छ । उनि आफ्नो परिवारसँग विदा मनाउनलाई सो विमानको प्रयोग गर्ने गर्छिन् । शिल्पाका श्रीमान् राज कुन्द्रा चर्चित व्यपारी हुन् ।