- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली काँग्रेसले देशका विभिन्न भागमा गएको भीषण वर्षपछिको बाढीले पुर्याएको क्षतिप्रति दुख व्यक्त गरेको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेसले केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका धेरै स्थानहरुमा जनधनको ठूलो क्षति भएको र बाढी पहिरोबाट मुलुकभरको जनजीवन प्रभावित भैरहेको प्रति गहिरो दुख व्यक्त गर्दै तत्काल उद्दारकोलागि आग्रह गरेको हो । उसले आफ्ना कार्यकर्ताहरुलार्इ पनि तत्काल उद्दारमा खटिन निर्देशन दिएको छ ।
बाढी र पहिरोबाट सुनसरीमा ७ जना, झापामा ४ जना, मोरङमा ३ जना, बारामा १ जना, सर्लाहीमा १ जना, बाँकेमा ४ जना, पाँचथरमा ३ जना, दाङमा १ जना, सिन्धुलीमा ४ जना, पाल्पामा १ जना, वर्दियामा १ जना गरी ३० जनाको मृत्यु भैसकेको छ भने ठूलो संख्यामा मानिसहरु वेपत्ता र घाइते भएको काँग्रेसले जनाएको छ । हजारौँको संख्यामा मानिसहरु विस्थापित हुन पुगेको, हजारौँ हेक्टर खेतीयोग्य जमीन डुवानमा परेको, अधिकांश सडक मार्गहरु अवरुद्ध भई यातायात प्रभावित भएको घटनाप्रति ध्यानाकृष्ट भएको बताउँदै काँग्रेसले विस्थापित तथा प्रभावितलाई तत्काल लत्ताकपडा, खाना र बस्ने स्थानको समस्याका कारण पीडितहरुको दैनिक जीवन अत्यन्त कष्टकर र असुरक्षित बन्न पुगेको छ ।
‘बाढी पहिरोबाट निधन हुनुभएका सबै प्रति नेपाली कांग्रेस श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ‘वेपत्ताहरुको तत्काल खोजी गर्न, ज्यान गुमाएका र विस्थापित हुन पुगेका पीडितहरुको यकिन तथ्याङ्क सार्वजनिक गर्न, मृतकहरुलाई क्षतिपूर्ति तथा विपतमा परेका पीडित परिवारहरुलाई तत्काल उद्धार, यथोचित राहत र सहयोग पु¥याउन नेपाली कांग्रेस नेपाल सरकारसँग माग गर्दछ ।’ काँग्रेसले नेपाली कांग्रेसका स्थानीय पार्टी निकायहरु तथा भातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई पनि तुरुन्त घटनास्थलमा पुगेर पीडित परिवारहरुको उद्धार र राहत कार्यमा आवश्यक सहयोग पु¥याउन समेत निर्देशन दिएको छ ।