- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । बलिउडका तीन खान सलमान, शाहरुख र आमिरले ३० बर्षभित्र बलिडका प्रचलनहरुमा धेरै परिवर्तन ल्याए । सलमान र शाहरुखको हालैका चलचित्र फ्लप भएसँगै उनिहरुको सुनौला दिनहरु सकिनै लागेको अड्कल काट्न सुरु गरिएको छ । तर अर्का खान आमिरको चलचित्रले भने अहिले पनि राम्रो व्यापार गरिरहेको छ ।
शाहरुख र सलमानसँग ५ हजार ५ सय करोड भारतिय रुपैया बराबरको सम्पत्ति रहेको छ । सलमानको तुलनामा शाहरुख धनि छन् । शाहरुखसँग ४ हजार करोड रुपैया सम्पत्ति रहेको छ । त्यस्तै सलमानसँग १ हजार ५ सय करोड रुपैया सम्पत्ति रहेको छ ।
बलिउडका किङ खान शाहरुख धेरै लामो समयदेखी संघर्ष गरिरहेका छन् । उनको चलचित्रले बक्स अफिसमा गरेको कलेक्शनले पनि सो कुरालाई प्रस्टाउदछ । शाहरुखलाई आफ्नो अभिनय र पात्र अनुसारको भुमिकाले बलिउडमा बादशाह बनाएको हो । अघिल्लो २ बर्षमा उनको यो 'पपुलारिटि' र उत्साह कम हुदै गएको देखिन्छ ।
बलिउडका भाईजान सलमान लोकप्रियतामा शाहरुख भन्दा कम छैन । उनको लोकप्रियताकै कारण उनको चलचित्र हेर्न लामो लाइन लागेर टिकट लिने गर्दछन् । युवा पुस्ता उनको ठूलो प्रशंसक हुन् । अविवाहित भएको कारण पनि उनि मिडियामा छाउने गर्दछन् । उनको हालै रिलीज भएको चलचित्र 'ट्यूबलाइट' बक्स हफिस अफिसमा नराम्रोसँग फ्लप भयो । चलचित्र यतिसम्म फ्लप भयो कि उनले वितरकलाई गोजिबाट पैसा निकालेर दिनु पर्यो ।
सलमान चलचित्र पृष्ठभूमि भएका परिवारका हुन् । उनको बलिउड यात्रा शाहरुखको जतिको संघर्षशिल छैन । उनले अभिनयको सुरुवात सहयोगि अभिनेताको रुपमा चलचित्र ‘बीवी हो तो ऐसी' बाट गरे । सन् १९८९ मा सलमानले मुख्य भुमिकामा चलचित्र "मेने प्यार किया' बाट पहिचान बनाउन सफल भए । उनले चलचित्र ‘अन्दाज अपना-अपना’ र ‘हम आपके हे कोन’ बाट स्टारडम पाए ।
शाहरुखलाई बलिउडमा यशराज ब्यानरको सहयोग मिल्यो भने सलमानलाई राजश्री प्रोडक्शन्सको । सलमान निर्माताका लागि कहिले घाटाको विषय बनेन् । उनका नामले सधै ब्राण्डको काम गर्यो । सलमान सम्पत्ति बनाउने मामिलामा भने शाहरुख भन्दा पछि रहेका छन् । उनको आर्थिक मुद्दा अझै पनि आफ्नो पिता सलिम खान हेर्छन् । सलमानसँग मुम्बईमा दुई बंगला , पनवेलमा फार्म हाउस र कयौ विलासि गाडि रहेका छन् । उनको प्रोडक्शन कम्पनी पनि रहेको छ ।
शाहरुखको जन्म बलिउड पृष्ठभूमि नभएको परिवारमा भएको हो । चलचित्र यात्राको सुरुवात उनले ‘दीवाना’ बाट गरेका हुन् । उनको सो चलचित्र सुपरहिट भएको थियो । चलचित्र उनको करियरको लागि सम्झन लागक बन्यो । स्टारको रुपमा पहिचान बनाउन शाहरुखका तीन पाटाहरु छन् ।
पहिले उनले सन् १९९२ मा चलचित्र "दिल आशना हे' पाए , जसले उनलाई मुख्य अभिनेताको रुपामा दर्शक माझ चिनायो । त्यसै बर्ष "बाजीगर' ले उनलाई राम्रो अभिनेताको रुपमा पहिचान दिलायो । ‘दिलवाले दुल्हनिया...’ ले उनलाई सधै सम्झि रहने नायक बनायो ।