arrow

मारिया सारापोभा युए ओपन टेनिसको तेस्रो चरणमा

logo
प्रकाशित २०७४ भदौ १५ बिहिबार
sharapova.jpg

न्युयोर्क । पुर्व विश्व नम्बर एक टेनिस खेलाडी मारिया सारापोभा युएस ओपन टेनिसको तेस्रो चरणमा पुगेकी छिन् । 

हंगेरियन खेलाडी टिमिया बाबोसलाई दोस्रो चरणमा पराजित गर्दै रसियन खेलाडी सारापोभा तेस्रो चरणमा पुगेकी हुन् । 

ड्रग प्रयोग गरेको स्वीकारेपछि कोर्टबाट लामो समय टाढा रहेकी सारापोभाले फेरि कोर्टमा फर्किर्दै विजयी यात्रा तय गरेकी हुन् । 

बाबोस विरुद्धको खेल सारापोभाले ६–७, ६–४ र ६–१ ले जितिन् । 

सारापोभाले अब वाइल्डकार्ड साफिया केनिन वा क्वालिफायर सचिया भिकेरीसंग खेल्नेछिन् । 

सारापोभासंगै अमेरिकन खेलाडी भेनस विलियम्स र रसियन खेलाडी इभ्गेनिया रोदिना पनि तेस्रो चरणमा पुगेका छन् । 

पुरुषतर्फ अर्जेन्टाइन हुँवा मार्टिन डेल पोट्रो र क्यानेडियन डेनिस सापोभालोभ तेस्रो चरणमा पुगेका छन् । 

आठौं वरियताका फ्रेन्च खेलाडी जो वेलफ्रेड सोंगाले सापोभालोभसंग पराजय भोगेका छन् । 

सोंगाको हारसंगै शिर्ष ११ वरियताका पाँच खेलाडी घाइते भइ नखेल्दा अब नयाँ खेलाडीलाई किर्तिमान रच्न अझै सजिलो भएको छ ।  

Maria Sharapova clenches her fist as she charges towards victory over Timea Babos

The Russian is into the third round at the US Open after a three-set win against the Hungarian

Despite claiming the first set on a tie break, Babos fell to a 6-7, 6-4, 6-1 defeat in New York

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ