arrow

उपत्यकावासीलाई मेलम्ची प्रोजेक्टको अर्को झड्का, चक्रपथ बाहिर पुग्दैन मेलम्ची

logo
प्रकाशित २०७४ भदौ २१ बुधबार
Melamchiko-pani.jpg.jpeg

काठमाडौं । झन्डै दुई दशकदेखि राजधानी उपत्यकाका बासिन्दाले देखेको मेलम्चीको पानी खाने सपना पहिलो चरणमा चक्रपथभित्रका छानिएका ठाउँमा मात्रै पूरा हुनेछ ।

अझ मेलम्चीको पाइप गाड्न सडक खनेर हैरान भएका कपन क्षेत्रका बासिन्दाको हकमा त यो झनै टाढा छ । 

तर, पानी आउने समय अझै टुंगो लागिसकेको छैन । पाइन बिछ्याउँदा भएको धुलोधुँवाको सास्ती, भत्केको सडक र अस्तव्यस्तताबाट मुक्ति पाउने समय अझै आइसकेको छैन । दसैंमा ल्याउने भनिएको पानी पछिल्लो समयमा २०७४ भित्र ल्याउने बताइएको छ ।

तर, मेलम्चीको पानी आउँदा पानीको समस्या हट्यो भनेर राजधानीवासी रमाइहाल्नुपर्ने अवस्था छैन । आयोजनाले चक्रपथभित्रका केही क्षेत्रबाहेक पानी वितरण सञ्जालको लागि पाइप बिछ्याउन नसकेपछि सबै ठाउँमा पानी पुर्‍याउन समस्या देखिएको हो ।

मेलम्चीको पानी काठमाडौं भित्र ल्याउन जिम्मा पाएको केयुकेएलका अनुसार चक्रपथभित्र कालिमाटी, महाराजगन्ज, सामाखुसी, स्वयम्भु र चक्रपथ सुकेधाराबाहिरका सुकेधारा, कपन, जोरपाटी, तीनचुली, बौद्ध आरूबारी, गोपिकृष्णनगरलगायतका क्षेत्रमा वितरण सञ्जालको पाइप बिच्छ्याइएको छैन । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ