- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल टिचिङले सर्वोच्च अदालतको आदेशविपरीत अस्पतालको हाताभित्र निजी फार्मेसी हटाउन अटेरी गरेको छ।
सर्वोच्चले अस्पताल परिसरभित्रका निजी फार्मेसी हटाउन आदेश दिएको २ वर्ष वित्दा पनि टिचिङले अझै हटाएको छैन।
सरकारले सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी खोल्ने निर्णय गरी अघिल्ले वर्ष नै आवश्यक रकमसमेत निकासा गरिसकेको थियो ।
सर्वोच्चको आदेशअनुसार सरकारी अस्पतालभित्र निजी फार्मेसी सञ्चालनमा रोक लगाईएको छ।
निजि फार्मेसी सञ्चालन नियन्त्रण गर्न सरकारले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ जारी गरेको छ ।
टिचिङले भने उक्त निर्दशिकाविपरित अस्पताल परिसरभित्र निजी फार्मेसी चलाईरहेको छ। यहाँ चार निजी फार्मेसी सञ्चालनमा छन्।
केहीले त नामसमेत नराखी चलाइरहेका छन्। परिसर भित्र अस्पतालका आफ्नै दुई फार्मेसी पनि छन्। अस्पतालको फार्मेसीमा भने औषधि सँधै अभाव हुने विरामीको गुनासो छ। (कान्तिपुर दैनिक)