- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बैतडी । बैतडी केन्द्रबिन्दु भएर बुधबार राति गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार बैतडीको गोकुलेश्वर क्षेत्र आसपास केन्द्र बनाएर राति ९ बजेर ४३ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्काका कारण स्थानीयवासी एकछिन त्रसित बनेको बैतडीको गोकुलेश्वरका सुरेश श्रेष्ठले जानकारी दिए । उनले भने, “केहीबेर घर बाहिर तथा खुला ठाउँमा जम्मा भयौँ ।”
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले भूकम्पले क्षति पुर्यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको बताए ।
यसअघि गत भदौ ६ गते पनि सुदूरपश्चिमकै बझाङ केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।