arrow

आयोगका सदस्य प्रधानले दिए राजिनामा

logo
प्रकाशित २०७४ असोज २७ शुक्रबार
hirendraman_pradhan.jpg

काठमाडौं । नेपाली काँग्रेस काठमाण्डौ क्षेत्र नं ५ बाट प्रतिनिधि सभा समानुपातिकतर्फ सिफारीसमा परेका राष्ट्रीय योजना आयोगका सदस्य हिरेन्द्रमान प्रधानले नैतिकताको आधारमा राजिनामा दिएको उनको सचिवालयले जनाएको छ । 

नेपाली काँग्रेस शुभेक्छुक संस्था तथा लोकतान्त्रिक ईन्जिनियरहरुको साझा संस्था सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) ले पनि प्रतिनिधि सभा सदस्य समानुपातिक उमेद्वारका लागि गरेको सिफारिसमा प्रा.ई. हिरेन्द्र मान प्रधान अग्रपंक्तिमा छ्न्।

योजना आयोग सदस्य प्रधान सेन्टर फ़र डोमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) का पूर्व अध्यक्ष समेत हुन । नेपालमा प्राइभट ईन्जिनियरिङ कलेज खोल्ने कामको सुरूवात गरेका प्रधान काठमाडौं ई. कलेज का अध्यक्ष समेत हुन। नेपाली काँग्रेस नेतृत्वले आफ्नो मुल्यांकन गर्नेछ भन्ने कुरामा समेत आफू ढुक्क रहेको प्रधान बताउँछन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ