- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थाले १६ करोडको कारोबार गरेको छ ।
कर्मचारी वोनस र आयकरको रकम कटौती गरी सहकारीले आर्थिक वर्ष २०७३÷७४ मा रु २१ लाख पाँच हजार नाफा आर्जन गरेको छ । सहकारीले रु १४ करोड २० लाख ८४ हजार उत्पादनशिल क्षेत्रमा कर्जा लगानी गरेको सहकारीका प्रबन्ध सञ्चालक मदनराज भट्टले जानकारी दिए ।
सहकारीमा सात हजार सदस्यको रु सात करोड सात लाख ४२ हजार रकम बचत रहेको छ । सहकारीले रु छ करोड ५० लाख ३८ हजार नेपाल राष्ट्र बैंक, बाणिज्य तथा विकास बैंक, वित्त कम्पनीबाट सापट लिएको छ । एक करोड ५० लाख ६३ हजार सहकारीको शेयर पूँजी रहेको छ । सो सहकारीको सम्पत्ति १५ करोड बरावरको रहेको छ । बेरोजगार युवालाई स्वरोजगार बनाउन स्वरोजगार कोषसँग सम्झौता गरी ऋण लगानी कार्यक्रम लागु गरेको भट्टले बताए ।
“संस्थाको लक्ष्य प्राप्तिका लागि तीन वर्षे रणनैतिक योजना तयार गरी लागू गरेका छौं,” उनले भने । योजनाअनुसार सहकारीको सदस्य संख्या सात हजारबाट वृद्धी गरी १० हजार पुर्याउने, शेयर पूँजी वृद्धी गरी रु तीन करोड पुर्याउने तथा संस्थाको सम्पत्ति १० करोडले वृद्धी गरी र १५ करोड पुर्याउने लक्ष्य लिइएको छ । विसं २०६५ मा २५ जना युवाले रु एक लाख ३२ हजार शेयर पूँजीबाट सो सहकारी सञ्चालनमा ल्याएका थिए ।