- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कुवेटसिटी । कुवेतका राजा सेख सबाह अल अहमाद अल सवाहले बुधबार सेख जबर मुबारक अल सवाहलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
राजाले नयाँ प्रधानमन्त्रीलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न पनि आदेश दिएको कुवेत समाचार समितिले जनाएको छ ।
सेख जबरले सोमबार राजीनामा बुझाएका थिए । राजाले पनि उनको राजीनामा स्वीकृत गरेका थिए । सिन्ह्वा