arrow

रामेछापमा कान्छारामको विकासप्रेम चर्चामा, मत दिने आधार नै विकासप्रेम र समाजसेवा

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
bhojpur-congress.jpg

रामेछाप। प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति नजिकिदै गर्दा रामेछापमा एक विकाश प्रेमी नेताको चर्चा व्यापक भएको छ। 

काँग्रेसबाट प्रतिनिधि सभाको उमेदवार रहेका कान्छाराम तामाङलाई उमेद्वारको रुपमा गाउँमा स्वागत भएपनि विकासका काममा उनको संलग्नतालाई मतदाताले सह्राना गरेका छन्। 

२०६४ र २०७० सालको संबिधान सभाको चुनाव जस्तो संविधान निर्माणका लागि चुनाव नभएर विकासका लागि भएको बुझाई स्थानियको छ। 

रामेछापको विकास निर्माण, शिक्षा, स्वास्थ्य र सामाजिक कृयाकलाप र गतिविधि, आर्थिक उन्नति र रोजगारीको निम्ति सहि नेतृत्व र सहि व्यक्तिलाई निर्वाचित गर्न जरूरी रहेको स्थानिय ठोसेका राम तामाङ बताउँछन्।  

पार्टी भन्दा माथि उठेर सहि नेतृत्व दिनुपर्नेमा अहिले अन्तरपार्टीमा क्रियाशिल मतदाताहरु परामर्शमा व्यस्त रहेका छन्। 

रामेछापेली जनताले मत दिएर निर्वाचित गरि पठाएका नेताहरुले रामेछापमा विकास निर्माणको काम चुस्त र दुरुस्ता गर्न नसकेका कारण पनि कान्छारामको चर्चा व्यापक भएको हो। 

रामेछापमा पूर्ण बहादुर तामाङ (कान्छाराम) जस्तो विकाश प्रेमी नेता नभएकैले रामेछापको विकाश नभएको पुष्कर ढुङगाना बताउँछन्। 

रामेछापको विकाशको निम्ति पूर्ण बहादुर तामाङ (कान्छाराम) जस्तो सहि व्यक्ति र विकाश प्रेमि नेता निर्वाचित भएर आउनुपर्ने उनको मत छ। 

हिमाल हाइड्रोपावरले रामेछाप र दोलखाको पानीवाट ६० मेघावाटको बिजुली निकाले पनि रामेछापको जनता उज्यालोको निम्ति टुकी बाल्नु पर्ने अवस्था रहेका छन्। 

रामेछापमा यातायात, स्वास्थ्य, शिक्षा र खानेपानी समस्याको समाधान हुन सकेको छैन । भूकम्पले ध्वस्त भएको निजि आवास, बिद्धालय, स्वास्थ्य चौकी, गुम्बा र बिहारहरूको पुनःनिर्माण सुस्त छ । 

दुई दशक अघि निर्माण सुरु भएको रामेछापको पाँचवटा पक्कि पुलको निर्माण कार्य अझै पुरा भएको छैन । रामेछापको जनताले यो नियती देख्नुपर्नेछैन स्थानियहरुको आशा छ।  

आपत, विपत र संकटमा परेको रामेछापका सबै जनतालाई एमाले, माओवादी र काँग्रेस नभनि सेवा गरेका कारण पनि पूर्ण बहादुर तामाङ (कान्छाराम) को परिचय राजनीतिक व्यक्ति भन्दा पनि विकाश प्रेमी र समाजसेवीको रूपमा परिचित छ । यहि परिचय मतदाताले उनलाई मत दिने आधार भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ