- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौंमा मागअनुसार तरकारी आपूर्ति हुन नसकेपछि मूल्य दोब्बर बढेको छ ।
दशैं र तिहारपछि तरकारी आपूर्तिमा ५० प्रतिशतले कमी आएपछि मूल्य आकाशिएको हो ।
सर्वसाधारणको भान्सादेखि पाँचतारे होटलसम्म दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउलीलगायत तरकारीको मूल्य दशैंअघिको तुलनामा दोब्बरले बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका वरिष्ठ अधिकृत मनोज धितालले सामान्यतया काठमाडौंमा दैनिक सातसय मेट्रिक टन तरकारी आपूर्ति हुने गरेको बताए ।
अहिले त्यसको ५० प्रतिशतमात्रै आपूर्ति भएकाले मूल्य आकाशिएको उनले जानकारी दिए । (नागरिक दैनिक)