- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट फुटाएर शासन गर्ने काँग्रेसका दिन अब सकिएको बताएका छन् ।
विहिबार बागलुङको गल्कोटमा बाम गठबन्धनको सभालाई सम्बाधेन गर्दै नेताद्धयले बिगत लामो समयदखि काँग्रेसले कम्युनिष्टलाई फुटाएर शासन गरिरहेको भन्दै अबको दिन कम्युनिष्टहरुको रहेको दावी गरे ।
उनिहरुले देशको समृद्धिको लागि कम्युनिष्टको सासन आवश्यक रहेको बताए ।
सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अहिले जनताको चेतनास्तर माथि उठिसकेकाले जनता झुक्याउने काम काँग्रेसलाई नगर्न आग्रह गरे ।
उनले देशको आमुल परिवर्तन बाम गठबन्धनले मात्र ल्याउने हुँदा अहिले गठबन्धनलाई बिजयी बनाउन आवश्यक रहेको बताए ।
माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले लगातार कम्युनिष्ट फुटाएर नेपालमा शासन गरिरहेको बताउंदै कम्युनिष्ट फुटाएर शासन गर्ने दिन समाप्त भएको बताए ।
उनले चितवनमा आफुसँग राप्रपा प्रतिस्पर्धि रहेको र काँग्रेसले रुख लेर हलो बनाएको भनी व्यंग्य गरे । उनले भने कांग्रेससंग प्रतिस्पर्धा गर्न पाएको भए केहि खुसी लाग्थ्यो राप्रपालाई समर्थन गर्यो उसले भुल गर्यो ।
प्रचन्डले अहिले मुलुकमा गणतन्त्र स्थायित्व र समृद्धिको आवश्यक परेको हुनाले यसका लागि पनि काम्युनिष्टहरु एक भएको बताए ।
सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओबादी नेता देवेन्द्र पौडेलले पनि सम्बोधन गरेका थिए ।