arrow

इंगलिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलबीच भिडन्त

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
chelsea4.jpg

एन्फिल्ड । इंगलिस प्रिमियर लिग फुटबलमा शनिबार राति चेल्सी र लिभरपुल भिड्दै छन् । खेल राति ११ः१५ बजे लिभरपुलको मैदानमा हुँदेछ । 

यो खेलले उपाधि दावेदारीलाई समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
 
एन्फिल्डमा हुने खेलमा खेल्नका लागि चेल्सी निकै सचेत भएर आएको छ । उसलाई उपाधि दावेदारीलाई कायम राख्न लिभरपुलमाथि जित हासिल गर्नैपर्नेछ । 

तर लिभरपुलकै मैदानमा हराउन चेल्सीलाई सजिलो छैन । 

लिगमा शुक्रबार राति वेस्टह्याम र लेस्टर सिटीले १–१ को बराबरी खेले ।

शनिबार राति ८ः४५ बजे म्यानचेस्टर युनाइटेड र ब्राइटन, क्रिस्टल प्यालेस र स्टोक, न्युकासल युनाइटेड र वाटफोर्ड, स्वान्सी र बर्नमाउथ तथा टोटनह्याम र वेष्टब्रोम भिड्ने छन् । 
लिगमा १२ औं चरणको समाप्तिसम्म म्यानचेस्टर सिटी ३४ अंकबाट शिर्ष, म्यानचेस्टर युनाइटेड २६ अंकबाट दोस्रो, चेल्सी २५ अंकबाट तेस्रो स्थानमा छ । 

टोटनह्यामको २३, लिभरपुलको २२, आर्सनलको २२ र बर्नलीको पनि २२ अंक नै छ । 
फुटबल

A Chelsea player believed to be Cesc Fabregas jokingly pulled his blue beanie hat over his face 

The look was similar to the way Jennifer Lawrence's character Mystique appeared in the X-Men

Blue Is The Colour for Chelsea as Antonio Conte arrived in  Liverpool sporting a blue gilet

Conte's Brazilian David Luiz rocked up on Merseyside with a blue and white combo  

Chelsea's Alvaro Morata also made the journey as the Blues look to continue good results 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ