- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जितपुर(कपिलवस्तु) । कपिलवस्तुका मतदाताले माओवादीले कथित जनयुद्धको नाममा सुरु गरेको सशस्त्र द्वन्द्वमा दिएको दुःखः नभुलेको बताउदै भोट पनि नदिने बताएका छन । नेकपा एमालेसगं तालमेल भएपनि भोट नदिने यहाँका स्थानियहरुको भनाई रहेको छ ।
द्वन्द्वकालमा बाणगंगाका राजपुरका नेपाली कांग्रेसका नेता आदित्य ज्ञवाली, महेन्द्रकोट गाविसका तत्कालिन शिक्षक बाल कृष्ण घिमिरे र महेन्द्रकोटकै ओम प्रकाश बेल्बासेको हत्या गरेको कुरा हिजो जस्तै लाग्ने गरेको बाणगंगा नगरपालिका १ का कमल थारु बताउछन । निकै लोकप्रिय नेता रहेका ज्ञवाली, बेल्बासे र घिमिरेको हत्या गर्नुका साथै उतm समयमा यहाँका स्थानियहरु प्रति गरेको बलजफ्ती भुल्न नसकेको उनी बताउछन ।
साविक महेन्द्रकोटका कृषक ओम प्रकाश बेल्बासेलाई अपहरण गरी माओवादी लगेको तर लास पनि फिर्ता नदिदाको पिडा महेन्द्रकोट बासीलाई थाहा भएको बताउदै एमाले माओवादी सगं मिल्यो भन्दैमा माओवादीलाई आफुहरुले भोट नदिने उनी बताउछन । मैले हालसम्म एमालेलाई भोट दिएको बताउदै अहिले भने माओवादीसगं मिलेका कारण एमालेलाई पनि भोट नदिने उनी बताउछन ।
यस अघिको स्थानिय चुनावमा माओवादीसगं मिलेर चुनावमा गएको काग्रेस प्रति तृष्णा जागेकोमा हाल एमाले माथिनै चित्त दुखाई रहेको उनको भनाई छ । ओम बेल्बासेको न हालसम्म शास पाएका छौ न उनको लाश यसको पिडा हामीले भुल्न नसकिने उनी बताउछन । ५९ साल असोज २५ गते महेन्द्रकोटका बाल कृष्ण भुसाललाई आफन्तीको पुजामा जाने क्रममा बिहान क।िव साडे ८ बजे कन्चटमा ३ राउण्ड गोली हानी हत्या गरेका थिए ।
त्यस्तै २०५९ साल साउन २ गते घरको माथिल्लो तल्लाको कोठामा बसी रहेको अवस्थामा २ जना माओवादीका कार्यकर्ता माथि गई उनलाई घाटीमा समातेर तर ल्याएर ३ राउण्ड गोली हानी हत्या गरेका थिए ।