- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । नेपाली काँग्रेस बागलुङले जिल्लाका तीन मतदान स्थलमा धाधली भएको भन्दै उजुरी दर्ता गराएको छ । गत मंसिर १० गते सम्पन्न प्रतीनिधि र प्रदेशसभा निर्वाचन सकिएको केही दिनमा नै बाम गठबन्धनबाट धाधली भएको भन्दै कांग्रेस उमेदवारले उजुरी दर्ता गराएका हुन ।
जिल्लाको धुल्लुबास्कोट, पैयुँथन्थाप र भकुण्डेमा बाम गठबन्धनले कांग्रेसका एजेण्टलाई धम्की दिएर एकलौटी मतदान गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । उक्त तीन ठाउँमा पुन निर्वाचनको माग गर्दै उजुरि दिएको कांग्रेस बागलुङले जनाएको छ । कांग्रेस सभापति तथा क्षेत्र नं. १ क का उमेदवार दिपेन्द्रबहादुर थापा र १ को २ का उम्मेदवार प्रकाश शर्मा पौडेलले उजुरी दर्ता गराएका छन ।
उम्मेदवारहरूले कांग्रेसका एजेण्टलाई हातपात गरेको, एकलौटी रुपमा कब्जा गरेर मतदान गरेको आरोप लगाएर निवेदन दिएको मुख्य निर्वाचन अधिृकत प्रकाश प्रसाद पण्डितले बताए । पण्डितले उजुरी आएपछि मतदान अधिकृतहरुलाई निर्वाचनको दिनको प्रतिवेदन मागेको बताए । उनले आफु भन्दा माथिल्लो निकायसँग सम्पर्क गरेर उजुरी बारे जानकारी पनि गरार्इ सकेको बताए ।’ मतदान अधिकृतहरुको प्रतिवेदन र उजुरीलाई एकमुण्ट आयोगमा पठाउने पण्डितले जानकारी दिए । थापाले भकुण्डेमा र शर्माले अन्य दुइ स्थानमा बुथ कब्जा भएको आरोप लगाएका छन् , ती स्थानमा निर्वाचन रद्द गरेर पुन मतदान गर्नुपर्छ भन्ने माग काँग्रेसको रहेको छ ।
कांग्रेसका कानूनी सल्लाहकार भूमिश्वर गौतमका अनुसार सो स्थानका एजेण्टको गुनासोको आधारमा उजुरी दर्ता भएको बताए ।फर्जी मत झरेको भन्दै बिरोध गर्न खोज्दा एजेण्ट र अधिकृतहरुलाई समेत धम्की दिइएको कांग्रेसको आरोप छ । मतदान अधिकृतले बिरोध गर्दा पनि सुरक्षाकर्मीले सुरक्षा दिन नसक्ने भनेको पनि उनीहरुले दावी गरे । काँग्रेस बागलुङले सबै दलको एजेण्ट बसेर मतदान गर्ने वातावरण सृजना गर्न आवश्यक रहेको बताएको छ । ’संविधानसभाको पहिलो निर्वाचनमा पनि धुल्लुबास्कोटमा राष्ट्रिय जनमोर्चाले एकलौटी गरेको भन्दै कांग्रेसले संविधानसभा अदालतमा उजुरी गरेको थियो ।