arrow

बार्षिकोत्सवको अवसरमा टेलिकमले के के दियो छुट?

कति भयो विस्तार अनि कति कमायो टेलिकमले?

logo
प्रकाशित २०७४ माघ २२ सोमबार
nepal_telecom.jpg.jpeg

काठमाडौं। नेपाल टेलिकमले आफ्नो स्थापनाको १४ बर्ष पुगेको अवसरमा आफ्नो फेहरिस्त सार्वजनिक गरेको छ। साथै आफ्ना ग्राहकहरुलाई छुटको वहार पनि ल्याएको छ।

१४ वर्ष अघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिव ४ लाख २२ हजार मात्र रहेकोमा हाल कम्पनीले मुलुकको ७७ जिल्ला र ७ वटै प्रदेशमा तारसहित र ताररहितका सेवाहरु तथा डाटा सेवा सञ्चालनमा ल्याएपछि कम्पनीको ग्राहक आधारमा निरन्तर बृद्धि भई १ करोड ८५ लाख नाघेको टेलिकमले जनाएको छ।

कम्पनीको भ्वाइस सेवातर्फ कम्पनीको ग्राहक आधार गत आर्थिक बर्ष २०७२र७३ मा १ करोड ५० लाख १५ हजार भएकोमा १७.२३ प्रतिशतले वृद्धि भई २०७४ असार मसान्तमा १ करोड ७६ लाख २ हजार पुगेको र सोमा क्रमिक रुपले बृद्दि हुँदै २०७४ मंसीर मसान्तसम्म ग्राहक आधार १ करोड ८५ लाख ५८ हजार  र टेलिघनत्व ६४.६३५ पुगेको पनि टेलिकमले जनाएको छ।

डाटा सेवातर्फ कम्पनीको ग्राहक आधार गत आर्थिक बर्ष २०७२र७३ मा ७६ लाख २ हजार रहेकोमा १०.७७ प्रतिशतले वृद्धि भई २०७४ असार मसान्तमा ८४ लाख २१ हजार पुगेको र सोमा क्रमिक रुपमा बृद्दि हुँदै २०७४ मंसीर मसान्तसम्म ८९ लाख ३५ हजार र डाटा घनत्व ३१.१२५ पुगेको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन।

कम्पनीको कूल आम्दानी आर्थिक बर्ष २०७२र७३ मा रु ४४ अर्व २० करोड भएकोमा सोमा वृद्धि भई आर्थिक बर्ष २०७३र७४ मा रु ४४ अर्व ५९ करोड पुगेको छ। यसैगरी, कम्पनीको खुद नाफामा १३.४२ प्रतिशतले वृद्धि भई २०७३र७४ मा रु १५ अर्ब ३७ करोड पुगेको छ भने कम्पनीको प्रति शेयर आम्दानीमा वृद्धि भई २०७३र७४ मा रु १०२.४९ पुगेको छ।

टेलिकमले यस वर्ष कम्पनीकै इतिहासमा पहिलो पटक कम्पनीको वार्षिक साधारण सभा कम्पनी ऐनले निर्धारण गरेको समय सीमा भित्रै सम्पन्न गर्न र वार्षिक साधारण सभाबाट  कम्पनीका शेयरधनीहरुलाई २०७३र७४को लाभांस हालसम्मकै सर्बाधिक अर्थात प्रति शेयर रु ५५ का दरले उपलब्ध गराउन सफलता मिलेको राजभण्डारीले बताइन।

के के घोषणा भयो प्याकेज तथा छुट

प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले घोषणा गरेको प्याकेज तथा छुटहरु निम्मानुसार छनः

१ ADSL सेवाको speed माघ २५ देखि 5 Mbps मा स्तरोन्नति गरिनेछ।

२ Cross-bundling अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि ADSL सेवामा recharge गर्दा GSM वा CDMA मा डाटा बोनस उपलव्ध गरिने छ।

३ हाल CUG सेवा GSM/CDMA Postpaid ग्राहकका लागि उपलव्ध हुँदै आएकोमा Prepaid ग्राहकहरुलाई समेत सेवामा आवद्ध गरिने छ। 

४ कम्पनीका जिएसएम सेवातर्फ माघ २३ देखि फागुन ८ सम्मको लागिः

Unlimited Night Voice प्याकेज (राति १० देखि बिहान ६ बजे सम्मका लागि) ३ दिनका लागि रु. ३५/-

Unlimited All Time डाटा प्याकेज (कुनै पनि समयमा प्रयोग गर्न सकिने) २४ घण्टाका लागि रु. ५०/-

Unlimited Night डाटा प्याकेज (राति १० देखि बिहान ६ बजे सम्मका लागि) एक रातको रु. १५/-

५ रिचार्ज बोनसतर्फ माघ २३ देखि माघ २९ सम्मको लागिः रू ५०, १०० र २०० को रिचार्जमा १० प्रतिशत बोनस, रू ५०० र १००० को रिचार्जमा १५ प्रतिशत बोनस,

६ PSTN सेवाग्राहीका लागि २०७४ फागुन महिनामा थप २५ कल बराबरको रकम छुट

७ माघ २५ देखि बैशाख २५ सम्‍मको अवधीको लागि छिमेकी राष्‍ट्र भारतमा कल गर्न रु २/२२ पैसा देखि रु २/३३ पैसा प्रति मिनेट सम्मका बिभिन्‍न आकर्षक प्याकेजहरू

८ अन्तर्राष्ट्रिय आगमन कल प्राप्‍त गर्ने कम्पनीका ग्राहकहरूलाई प्रत्येक ७ दिनमा ७ मिनेट भन्दा बढि कल प्राप्त भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा एसएमएस पठाउन बोनस प्रदान गर्ने।

९ कम्पनीको FTTH सेवा प्रवर्धन गर्न मिति २०७४ माघ २५ देखि २०७५ वैशाख २५ सम्म ९० दिन FTTH सेवाका  व्यक्तिगत तथा कर्पोरेट ग्राहकहरुलाई विभिन्न आकर्षक प्याकेजहरु प्रदान गर्ने ।

१० साथै माघ २५ देखि बैशाख २५ सम्‍मको अवधीको लागि Spring Offer अन्तर्गत बिभिन्न आकर्षक प्याकेजहरु प्रदान गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ