- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले पठाएको समानुपातिक सूचीमा निर्वाचन आयोग सहमत हुन नसक्दा राजपाबाट सिफारिसमा परेकी रेणु शर्माको सांसद् हुने बाटो त्यसै रोकिएको छ । यस अघि राजपाले पठाएको सूचीमा निर्वाचन आयोगले गल्ती औल्याउँदै नामावली फिर्ता पठाइदिएपछि राजपाले मंगलबार शर्माको नाममा नरमाया ढकालको नाम पठाएको छ ।
आयोगको यो निर्णयले शर्मालार्इ पीडित बनाएपनि ढकालको भाग्य भने चम्किएको छ । अन्तिम सूचीमा नगरेर पनि आयोगले फर्काएपछि ढकालको नाम परेको हो । नयाँ सूचीअनुसार खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाइएको राजपाका महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।
राजपाले सोमबार रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खङ्गको नाम आयोगमा पठाएको थियो । आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर पेश गर्न पत्राचार गर्ने निर्णय गरेको थियो ।