- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपालले कसिलो बलिङ गरेको छ ।नेपालले जितकालागि १सय ९५ रनको लक्ष्य प्राप्त गरेको छ।
टस जितेर नेपालले क्यानाडालाई ब्याटीङको निम्तो दिएको थियो। निर्धारित ५० ओभरमा क्यानाडाले ८ विकेट गुामउँदै १९४ रन बनाएको छ।
एक समय क्यानाडा ३५.२ ओभरमा १३१ रन बानउँदा ४ विकेट गुमाएको थियो। कसिलो बलिङ गर्ने क्रममा बसन्त रेग्मीले १० ओभरमा ३४ रन खर्चिंदै ३ विकेट लिएका थिए।
त्यसैगरि शरद भेषावकरले ७ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए भने कप्तान पारस खड्काले ७ ओभरमा १६ रन खर्चेर कुनै विकेट नलिई कसिलो बलिङ गरेका छन्।
क्यानाडाका ओपनर श्रिमान्था विजेरत्नेले शतक प्रहार गरेका थिए। श्रिमान्थाले क्यानाडाको पारीलाई एक्लै सम्हालेका थिए। उनले १५२ बलमा ८ चौकाको मदतले १०३ रन बनाएका छन्।
क्यानाडाकालागि हाम्जा तारिकले २४ रन बनाएका थिए भने साद बिन जफरले १० रनको योगदान गरेका थिए।