- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ललितपुर । माओवादी हेडक्वार्टर बैठकले पार्टी एकता सम्बन्धी समझदारीलाई लिखित रुपमा टुंग्याउने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।
अध्यक्ष दाहालले, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मौखिक सहमति भएको सुनाएपछि बैठकले लिखित समझदारी गर्ने जिम्मा उनैलाई दिएको बैठकमा सहभागि नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
दाहालको निवास खुमलटारमा बसेको बैठकमा एमालेसँग दुई अध्यक्ष रहने र आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमति भएको ब्रिफ दाहालले गरे ।
वुधबार बिहान मात्रै दुई पार्टीका अध्यक्षबीच भएको छलफलपछि दुवै पार्टीको छुट्टा–छुट्टै बैठक बस्यो । एमाले स्थायी कमिटि बैठक ललितपुरको मानभवन बस्यो भने, माओवादीको खुमलटारमा । आन्तरिक बैठकपछि दुबै दलका नेताहरु मानभवनमै जम्मा भएका छन् ।
पार्टी एकता संयोजन समितिको बैठक जारी छ । सम्भवतः दुई पार्टीबीच एकताको लिखित आका यही बैठकबाट आउने अनुमान गरिएको छ ।