arrow

सल्यान प्रहरीले सुरु गर्‍यो नागरिक सुनुवाई कार्यक्रम

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ फागुन ५ शनिबार
nepal-police-Fn.png.png

रुकुम । जिल्ला प्रहरी कार्यालय सल्यानले आगुऔषध तथा घरेलु हिंसा न्यूनिकरण गर्नको लागि चेतनामुकल कार्यक्रमको सुरुवात गरेको छ । प्रहरीले ठाउँ ठाउँमा अन्तरक्रिया तथा नागरिक सुनुवाई कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैक्रममा जिल्लाको कुमाख गाउँपालिका वडा नं. ३ को जनता माध्यामिक विद्यालय रागेचौरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा आगुऔषध, घरेलु हिंसा, महिला हिंसा, सामाजिक हिंसा, आत्महत्या लगायतका विषयमा जचतेतनामुलक जानकारी गराएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भरत बहादुर वि.क.ले जानकारी दिए ।

 प्रमुख जिल्ला अधिकारी परमानन्द घिमीरेको प्रमुख आथित्यता रहेको नागरिक सुनुवाई कार्यक्रममा सहभागीहरुले इलाका प्रहरी कार्यालय रागेचौरको भवन जिर्ण अवस्थामा रहेकाले नयाँ भवन निर्माण गर्न आवश्यक रहेको र जनशक्ति थप गर्नुपर्ने बताएका थिए । यसका साथै सहभागीले इलाका प्रहरी कार्यालयमा सवारी साधान उपलब्ध गराउन समेत आग्रह गरेका थिए ।

कार्यक्रमम प्रमुख जिल्ला अधिकारी परमानन्द घिमीरे र प्रहरी नायव उपरिक्षक भरत बहादुर वि.क. नागरीकले उठाएको प्रश्नको जवाफ दिंदै इलाका प्रहरी कार्यालयको भवन निर्माण र जनशक्ति थप गर्ने विषयमा आफुहरुले पहल गर्ने बताएका थिए  । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्मा, जिल्ला घरेलु कार्यालयका प्रमुख प्रदिप न्यौपाने लगायत जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ