arrow

सम्पादन समिति बैठक स्थगित गरेर किन सांसद्लार्इ बोलाए देउवाले ?

logo
प्रकाशित २०७४ फागुन ९ बुधबार
sher-bahadur-and-ramchandra-paudel.jpg.jpeg

काठमाडौँ  । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले केन्द्रीय कार्य सम्पादन समितिको बैठक स्थगित गरेर सांसद्हरुको बैठक बोलाएका छन् । प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पार्टी भित्र आन्तरिक झमेलामा झेलिएका देउवाले बिहीबारको लागि बोलाएको कार्यसम्पादन समितिको बैठक पौडेल र कोइराला पक्षीय नेताहरुको विरोधपछि स्थगित गरिएको छ । 

पार्टीले बुधबार जारी गरेको विज्ञप्ती अनुसार सभापति देउवाले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक यही फागुन १२ गते बोलाएका छन् । सांसद्हरुमा आफ्नो पकड बढी रहेकोले यसो गर्दा विरोध कम हुने देखेर नै यस्तो गरिएको आरोप पौडेल पक्षले लगाएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

भोलि फागुन १० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरी त्यसअघि सांसदहरुको बैठक बोलाईएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने उनले बताए । त्यसपछि मात्र काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने जनाएको छ ।

यो पनि पढ्नुहोस् 

देउवालाई तनाव : पौडेल पक्षले बहिस्कार गर्छु भनेपछि बैठक भयो स्थगित

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ