arrow

राष्ट्रिय सभामा मनोनित ३ जनालाई सपथ खान बाटो खुल्यो, ओली सरकारकै सिफारिस सदर

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
yubraj-bidari.png

काठमाडौं । राष्ट्रियसभामा मनोनित ३ सांसदलाई सपथ लिन बाटो खुला भएको छ । सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेका तीन जनालाई सपथ लिन बाटो खुला गरेको हो ।

सर्वोच्चका प्रवक्ता नारायण पन्थीका अनुसार सर्वोच्चले अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेललाई सपथ ग्रहणका लागि बाधा नपर्ने गरी आदेश दिएको हो ।

२० गते सपथ नगराउनु पनि फागनु १३ गते जारी गरिएको अन्तरिम आदेशलाई न्यायाधीश केदारप्रसाद चालिसे र सारदाप्रशाद घिमिरेको इजलासले निरन्तरता दिइरहनु परेन, –भनेको छ । योसँगै ओली सरकारकै रिफारिस सदर भएको छ ।

आदेशमा ’संवैधानिक र कानुनी प्रश्नको निरुपण संवैधानिक इजलासबाट हुन उपयुक्त देखिएकाले चाँडै निर्णय हुनुपर्ने प्रकृतिको देखिएकाले अग्राधिकार दिई रिट निवेदनको संयुक्त इजलासतर्फको लगत कट्टा गरी संवैधानिक इजलासमा पेश गर्नू’, भनिएको छ ।

यसअघि सर्वोच्चको अन्तरिम आदेशकै कारण राष्ट्रियसमामा मनोनित ३ सांसदले फागुन २० गते भएको सपथ समारोहमा भाग लिन पाएनन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका तीन सदस्यलाई नमोनित नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका ३ सदस्यलाई मनोनित गरेकी थिईन् ।

देउवा सरकारले मनोनयनका लागि सिफारिस गरेका गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलले मनोनयन रद्द गर्न भन्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । रिटको सुरु, सुनुवाईमा सर्वोच्चले २० गतेको सपथ रोक्न र छलफलमा दुवै पक्षलाई झिकाउन भनि आदेश दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ