- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अग्रता फराकिलो बन्दै गएको छ । आइतबार रातिको खेलमा मालागालाई २–० ले हराएको बार्सिलोनाले ११ अंकको अग्रता बनाएको छ ।
मालागाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन लुइस सुवारेज र फिलिप्पे कौटिन्होले १–१ गोल गरे ।
सामुइल गार्सियाले रातो कार्ड खाएपछि मालागा १० जनामा समेटिएको थियो ।
घरेलु कारण देखाउँदै लियोनल मेस्सी भने यो खेलमा सामेल भएका थिएनन् ।
लिगमा रियाल मड्रिडले आइबरलाई २–१ ले हरायो । भ्यालेन्सियाले सेभिल्लालाई २–० ले लेभान्तेले गेटाफेलाई १–० ले हरायो ।
२८ खेलबाट बार्सिलोनाको ७२, एथलेटिको मड्रिडको ६१ र तेस्रो स्थानको रियाल मड्रिडको ५७ अंक छ ।