- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको मान्यता पाएको नेपाल सातौँ स्थानका लागि नेदरल्यान्ड्ससँग खेलिरहेको छ ।
अन्तिम ६ मा पर्न नसकेको नेपालसामु नेदरल्याण्ड्सले एक सय ९० रनको चुनौती पेश गरेको छ । निर्धारित ५० ओभरमा नेदरल्याण्ड्सले ९ विकेट गुमाएर एक सय ८९ रन बनायो । सोमपाल कामीको बलिङ धरापमा परेका बीएफडब्लू डे लीडेले ३९ रन बनाए । सोमपालले ४ विकेट लिए । सन्दिप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए ।
जवाफी व्याटिङ थालेको नेपालले पहिलो ओभरमा बल बराबर ६ रन बनायो । आइसिसी विश्वकप छनोट प्रतियोगिताको सातौँ स्थानका लागि यो प्लेअप भएको हो । गएको बिहीबार पपुवान्यूगिनीलाई ६ विकेटले हराएर अन्तर्राष्ट्रिय मान्यता नजिक पुगेको नेपाल नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले हराएसँगै पक्का पक्की गर्न सफल भयो ।
एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म चार पटक आमुन्ने–सामुन्ने भएका छन् । जसमा दुवै टोलीले समान दुई–दुई खेल जितेका छन् । यो खेल हारेका खण्डमा पनि नेपालको अन्तर्राष्ट्रिय एकदिवसीय मान्यतामा केही पर्ने छैन ।