arrow

अाईजीपीकाे दौडमा सर्वेन्द्र खनाल, बढ्यो ढुकढुकी

‘भित्तामा फोटो टाँस्ने र मानसम्मान भन्दा काम देखाउन चाहन्छन्’

logo
प्रकाशित २०७४ चैत २४ शनिबार
Sarbendra-khanal.jpg

काठमाडौं । नेपाल प्रहरीको आइजी छनोटको विषय यसपाला झन् पेचिलो बनेको छ । २८ वर्षअघि इन्सपेक्टर बनेका ३ जनाको नाम यतिबेला चर्चाको शिखरमा छ । सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की । को होला अबको प्रहरी महानिरीक्षक ? यो आम सवाल हो । यी तीन दाबेदारसँग काम गरेकाहरुलाई आफ्ना तत्कालीन र केहीका वर्तमान हाकिम आईजी भइदिए ! भन्ने छ ।  

अड्कल आ–आफ्नै र आफु अनुकुल छन् । एसएसपी बढुवाको प्राप्तांकमा डीआईजी खनालले सबैलाई उछिनेका छन् । तर यो बेला बजारमा अर्को हल्ला छः बढुवापछिको पछिल्लो ८ महिनाको मूल्यांकन हुँदैछ । यसले यी तीनैजना डीआईजीको ढुकढुकी हल्का बढाएको छ । मुखले बोल्दैनन् । तर बडी ल्यांग्वेजले देखाउँछ । स्वभाविक छः अन्तिम गन्तव्य मात्र एक पाइला बाँकी छ । जो जीता ओ सिकन्दर  !

डीआइजी खनालको इन्ट्रीदेखि दाबेदारीसम्मका केही अंश :
हत्तपत्त बोल्दैनन् डीआइजी खनाल । यो उनको पहिलेदेखिकै क्यारेक्टर हो । काम गर्ने हल्लाखल्ला नगर्ने बानी छ, उनको । किशोर बय लागेदेखि नै अलिक विद्रोही, क्रान्तिकारी स्वभाव थियो । टोलमा कसैले अलिक निर्बललाई हेप्न थाल्यो भने तातिहाल्थे । निर्धोलाई ह ेप्ने जस्तोसुकै बलियोबांगो देखियोस् जाइलागिहाल्ने । हात हालिहाल्ने । कसैले युवती जिस्क्यायो भनेपनि भिडिहाल्ने ।

उनको रैथाने टोल लैनचौरमा २ जना पुलिस असई थिए । सेतो बाइक चढेर हिँड्थे । खुब फुर्तीफार्ती गर्थे । ईन्सपायरिङ फ्याक्टर बनेउनीहरु । खनाललाई विशेष गरी गुण्डा तह लाउन सकिने लोभले ईन्सपेक्टर बन्ने चाहना ह्वात्तै बढ्यो । भर्खरै जस्तो स्तानतक सकेका खनालले थाहा पाए, नेपाल प्रहरीमा भर्ना खुलेको २०४६ सालको अन्त्यतिर । फाराम भरे । जाँच दिए । नाम निस्कियो । खासमा उनी ईन्जिनियर बन्न चाहन्थे ।   

गुण्डा तह लगाउने ध्याउन्नमा नेपाल प्रहरीमा छिरेका सर्वेन्द्र खनालले काठमाडौंमा कुमार श्रेष्ठ घैंटे कुमार इन्काउन्टर गरेको मात्रै चर्चा बढी भयो । तर, उनले तराईमा गरेका केही कारबाही यस्ता छन्, जसले तराईका कयौं भूमिगत सशस्त्र समूह पाताल भासिए । केही शान्ति प्रक्रियामा सामेल भए, अनि केही सफाया भए । अबका बाँकी भनेका समूह अवशेष हुन् ।

केही प्रतिनिधि घटनाः
उनी धनुषा थिए । गस्तीमा थिए । जनपुर रेल’वे स्टेशन क्षेत्रमा एक्कासी प्रहरीमाथि प्रहार भयो । फायर खोल्नेलाई छाड्ने कुरै भएन । रेल’वे स्टेशन ढापैढाप दौडनु पर्नेभयो । लखेट्न थालियो ढापैढाप । टाढाबाट फायर खोल्दा बस्तीमा गोली जाने, सर्वसाधारण जोखिममा पर्ने ।  दौडेर पक्राउ गर्न खोज्यो उल्टो फायर गर्ने । पछि ढल्यो आक्रमणकारी । साह्रै अप्ठ्यारो परिस्थिति थियो । त्यस्ता इन्काउन्टर जनकपुरमा ६ वटा फेस गरे उनले ।

धनुषाको अपराध स्वाट्टै घट्यो ।भर्खरै ईन्सपेक्टर भएका थिए । कपिलवस्तुमा मिर्जादिलबेग साहले हतियारसहित ताण्डब मच्चाएको खबर आयो । त्यो बेला डांग्री (खाकीं) पोशाक लगाउने चलन थियो । उनी नीलो यूनिफर्ममा गए । त्यहाँ पुगेर उचालेरै फाले खोबारीलाई । चुनाव गराएरै छाडे । खुब विरोध गरे मिर्जाले । वास्ता गरेनन् ।

संगठनभित्रकै प्रेसर चाहिँ थेग्न गाह्रो हुनेः
उनलाई बाहिरको प्र्रेसर केहीजस्तो लाग्थेन । जब संगठनभित्रकै हाकिमले प्रेसर दिन थाल्थे त्यो बढी भारी हुन्थ्यो । शुरुदेखि कै बानी हो उनको मनमा कसैले अन्याय गरेको जस्तो लाग्यो भने कसैले भनेको नटेर्ने । संगठनमा पनि यस्तै हो । गल्ती गरेको थाहा छ । तर, माथिबाट दाबाब दिने । उनलाई सहनै गाह्रो हुने ।

बाराको घटना थियो एउटाः, पुलिसको असई नै राती–राती लुट्न बस्ने गरेको थाहा पाए । अपरेशनमा आफैं खटिए । गुण्डाहरुसँगै बसेको ठाउँमा गएर ती असइलाई गिरफ्तार गरेर भित्र कोचे । पावरवाला रहेछ माथिको । पछि उसले भन्यो माथिबाटै खटाएर हो । यस्ता घटना उनले थुप्रै फेस गरेका छन् । अहिले पनि त्यस्ता पूर्व हाकिम भेट्दा उनीहरुप्रति श्रद्धा गर्दैनन्, ती हाकिमले पनि आँखा जुधाउन सक्दैनन् ।

अनावश्यक प्रेसर नमानिदिँदा नटेरीदिँदा उनी दर्जनौपल्ल्ट घण्टे र सरुवा कार्वाहीमा परेका छन् । उनलाई याद भएसम्म ३ पल्ट त राजीनामा दिन तयार भए । यस्तै प्रेसर दिने हो भने तयार छु भनेर धेरे पटक भनेका छन् सिनियर अफिसरहरुलाई ।
खनालले नेतृत्वमा गरेका केही कार्वाही :

  • सीडीओलाई गोली हान्ने भोलाइ पासवानलाई ४ वर्षसम्म कसैले समात्न सकेन । तह लगाए ।
  • रौतहटमा ५ जना गुण्डा ढाले । ४ जना अपहरणकारी ठेगान लगाए । बालविवाह रोक्ने अभियान चलाए । सरसफाई अभियानको नेतृत्व लिए ।
  • केही इन्काउनटर ः तराई जनतान्त्रिक मुक्तिमोर्चा धनुषा महोत्तरी प्रमुख सुधिर पाण्डे, राजन मुक्ति प्लटुन कमाण्डर, ज्वाला समूहका धनुषा, महोत्तरी, सर्लाही इन्चार्ज मरिक यादव, बीरगन्जमा उत्पाद मच्चाउने गुण्डानाइके अग्नी भनिने सुनिल जैसवाल, काठमाडौंमा कुमार श्रेष्ठ घैंटे ।
  • जनकपुर र नारायणीमा खटिँदा सय भन्दा बढी सशस्त्र भूमिगत समूह थिए । उनको कार्यकालसम्मा ४ वटामा सिमित भए ।
  • फुटबल म्याच फिक्सिङको पर्दाफास ।
  • लागु औषध र अपहरण काण्डका अभियुक्त रावणजीत तामाङलाई गोली हानेर पक्राउ ।
  • पेट्रोल पम्पहरुको ठगीधन्दा नियन्त्रण ।
  • ४ दर्जन ठग कन्सल्टेन्सीमा छापा । २ सयबढी कन्सलटेन्सी बन्द ।
  • हुण्डी कारोबारीमाथि कारबाही ।

ट्राफिक महाशाखाको नेतृत्व लिएपछिका केही काम :

  • पशुपति, ठमेल र असन क्षेत्रमा चारपांग्रे सवारी निषेध ।
  • दशैंमा बाहिरबाट गाडी झिकाएर यात्रु ओसार्न यातायात व्यवसायी बाध्य ।
  • यातायात क्षेत्रको सिण्डिकेट तोडाउन सक्रिय भूमिका ।
  • सडकका खाल्डाखुल्टी पुर्ने अभियान ।
  • चक्रपथ सुधार र सरसफाइ अभियान ।
  • राजधानीका १० स्टानमा लाइन बसेर सवारी चढ्ने नियम ।
  • सार्वजनिक माइक्रो चालक सहचालकलाई पोशाक ।
  • ट्राफिक महाशाखामा बोरिङ पानीको व्यवस्था लगायत ।

गन्तव्य निकट छ, तर अलिक तनाव थपिएको छ :
अहिले आएर सोच्छन्, सायद यतिबेला जागिर नत्याग्नु यतिबेला संगठनको नेतृत्व लिनका लागि थियो । लिडरशिप प्राप्तिका लागि सही समय अब आइपुग्यो भन्नेमा विश्वस्त देखिन्छन् ।
तर, पछिल्लो समय उनी कहिले काहीँ रातको समयमा ब्यूँझन्छन् । त्यसपछि मनमा कुरा खेलाउँछन् । सायद उनको दिमागमा यतिबेला आईजी होडको तनाबले अकुपाइ गरेको छ, पारिवारिक श्रोतले भन्यो ।

दोहोरिएला साविकको परिस्थिति ?
जगजाहेर छ, अघिल्लोपल्टको आईजी बढुवा विवाद अदालतसम्म पुग्यो । दाबेदार मध्येका एक नवराज सिलवाल अदातल पुगे । यही विवादको सेरोफेरोमा प्रधानन्यायाधिसमाथि महाअभियोग प्रस्ताव समेत पेश भयो संसदमा । लफडाकैबीचमा प्रकाश आर्यालले बाजी मारे ।

कथमकदाचित त्यस्तै भयो भने खनालले के गर्लान् ? विश्वस्त श्रोत भन्छ : यसपाली त्यस्तो नहोला । खनालले यसबारेमा केही सोचेका पनि छैनन् । प्रहरी सेवामा सँगै इनरोल भएका साथीहरु यतिबेला प्रतिष्पर्धामा छन् । उनीहरुप्रति के होला खनालको धारणा ? भन्छन्, नेतृत्वका लागि तोकिएका क्राइटेरियामा खनाल अब्बल दरिएरै यो पोजिसनमा पुगेका छन् । अहिले उनले आफुलाई बेटर पोजिशनमै देखेका छन् । दायाँबायाँ सोचेका छैनन् । आफैं बेष्ट क्याण्डिडेड हुँ त खनाल आफैंले पनि भन्न पर्दैन, उनले काम गरेर देखाइसकेका छन् त । -(अद्यावधिक गरिएकाे)

याे पनि पढ्नुस्

आईजी दाबेदार खनाल भन्थे : तलमाथि गरेको सुुइँको पाए जागिर उडाउँछु

आईजीका दाबेदार कार्की भन्थे : चाकडी गर्नेलाई देख्नै सक्दिन

'आईजीपी दाबेदार' खरेल भन्थे : गल्ती गर्नेलाई जिउँदै गाड्छु



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ