काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोन नेपाली ढाका टोपीमा देखिएकी छन् । उनले आफ्नो ट्विटर एकाउण्मा नेपाली टोपि लाउन पाएकोमा खुशि व्यक्त गरेकी छन् । उनेले - नेपाल छोड्नु परेकोमा दुखी रहेको र नेपाली टोपि लाउन पाएकोमा खुशि रहेको, ट्विट गरेकी छन् ।
सन्नी जिङ्क भोड्काको प्रमोशनको लागि मंगलवार काठमाडौ आएकी हुन् । उनका साथमा उनका पति पनि आएका थिए । सन्नी जिङ्क भोड्काको एम्बासेडर हुन् । जिंक भोड्काले एक प्रतियोगिताको आयोजना गरि मंगलवार विजेताहरुलाई सन्नीसँग पार्टी गर्ने अवसर प्रदान गरेको थियो ।
कार्यक्रम मंगलबार राती हायत रिजेन्सीमा आयोजना गरिएको थियो । पछिल्ला दिनहरुमा भारत मात्र नभई नेपालका युवाहरुको पनि ढुकढुकी बनेकी छन् सन्नी लियोन ।